रघुगंगा ४ दग्नाममा काँग्रेसका उम्मेदवार निर्बीरोध

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ बैशाख ।
म्याग्दीको रघुगंगा गाउँपालीका ४ दग्नामको वडा अध्यक्षमा एक जनाको मात्र उमेद्वारी दर्ता भएको छ ।
नेपाली काँग्रेसका एकबहादुर गर्बुजा वडा अध्यक्षमा निर्वीरोध चयन हुनुभएको हो । मंगलबार भएको मनोनयन दर्तामा वडा ४को वडाअध्यक्षमा गर्बुजाको मात्रै उमेद्वारी दर्ता भएको रघुगंगा गाउँपालीकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।gaupalika-28032017073746-1000x0दग्नामको जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गर्बुजा विभिन्न उपभोक्ता समितिमा समेत आवद्ध हुनुहुन्छ । निर्विरोध निर्वाचित भएपछि आफुलाई जनताले दिएको सम्मानलाई काम गरेर देखाउने उनले प्रतिबद्धता जनाएका छन् ।

यसैबीच, रघुगंगा वडा–८ कुईनेमँगलेबाट काँग्रेसकै वडा सदस्यहरु खबहादुर छन्त्याल, महिला सदस्य प्रिति गर्बुजा र दलित महिला सदस्य यामकुमारी गोतामे घर्ती निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।