म्याग्दीमा नौ वटा दलले निर्वाचन चिन्ह पाए

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १८ बैशाख ।
आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा दर्ता भएका १२ मध्य नौ दलले मात्र चुनाव चिन्ह पाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले सोमबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगको निर्णय अनुसार व्यवस्थापिका संसदमा रहेका दलहरुले मात्र चुनाव चिन्ह पाएको र नपाएका दलले स्वतन्त्र उमेद्वारको चिन्ह पाउने जानकारी गराइएको थियो ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, संघिय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टीले चुनाव चिन्ह पाएका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।sthaniya-sarkarr-10042017095025-1000x0जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी र भुपु राष्ट्रसेवक दलले चुनाव चिन्ह पाएका छैनन् । नयाँ शक्तिले संघिय समाजवादी फोरमको चिन्ह लिएर चुनाव लड्ने जनाएको छ भने अन्य दूई दलले स्वतन्त्र उमेद्वारको चिन्ह पाउने जनाइएको छ ।

सो कार्यक्रममा मंगलबारदेखि सुरु हुने स्थानीय तह निर्वाचनको उमेद्वारी दर्ता प्रक्रियाको बारेमा अन्तरक्रिया गरिएको थियो । उमेद्वारको मनोनयनपत्र दर्ता, नामावली प्रकाशन, दावी बिरोध र अन्तीम नामावली प्रकाशनको कार्यतालीकाको साथै मनोनयनपत्र दता प्रक्रियाको बारेमा जिल्ला निर्वाचन अधिकारी पौडेलले जानकारी गराउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षता र निर्वाचन कार्यालयका नायव सुब्बा बलबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले उमेद्वारी दर्ता लाई सहज र व्यवस्थित बनाउन दलहरुलाई समयतालीका निर्धारण गरिएको जानकारी दिनुभयो ।

बेनी नगरपालीका लगायत म्याग्दीका ६ वटै स्थानीय तहमा क्रियाशिल राजनितिक दलहरुसंग निर्वाचन कार्यालयले उमेद्वारी दर्ता प्रक्रियाको बारेमा सोमबार अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागी राजनितिक दलका प्रतिनिधिहरुले मतदाता तथा निर्वाचन शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए । पहिलो चरणमा बैशाख ३१ गते तोकिएको स्थानीय तह निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि उमेद्वारी दर्ता सुरु गर्ने निर्वाचन आयोगको कार्यतालीका छ ।