बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट श्रेष्ठको उम्मेदवारी

विकल्प न्यूज/बेनी
बैशाख १९ गते । आसन्न वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेकपा (एमाले)ले प्रमोद श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । बेनी बजार र ग्रामिण क्षेत्रमा लोकप्रिय श्रेष्ठको उम्मेदवारीले काँग्रेस माओबादी चुनावी तालमेललाई कडा चुनौती थपिएको बताइएको छ ।

सोमबार राति नेकपा (एमाले) म्याग्दीले उम्मेदवारको टुङ्गो लगाएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका श्रेष्ठ सफल युवा व्यवसायी समेत हुनुहुन्छ । उम्मेदवारमा छनौट भएपछि संक्षिप्त कुराकानी गर्दै उहाँले बेनी नगरपालिकाको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवार भएको दावी गर्नुभयो । बजार र ग्रामिण क्षेत्रको सन्तुलित विकासको खाका आफू सँग भएको उहाँले बताउनुभयो ।18193074_1403856089682265_3074062396615500861_oएमाले म्याग्दीले प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम जिल्ला कमिटी हुँदै प्रदेश नं ४ को कमिटीमा सिफारिस गरेको थियो ।

आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । यसैबीच नेपाली काँग्रेसबाट हरिकुमार श्रेष्ठको नाम टुङ्गो लागेपछि चुनावी अभियान सुरु भइसकेको छ । १० वटा वडा रहेको बेनी नगरपालिकाभित्र पुरुष आठहजार पाँचसय तीन, महिला नौहजार आठसय ४२ गरी कुल १८ हजार तीनसय ४५ जना मतदाता रहेका छन् । बेनी नगरपालिकामा माओवादी र काँग्रेस विच चुनावी तालमेल भएको छ । तालमेल भएपनि नेकपा एमालेले एक्लै जित्ने दावी गरेको छ । बेनी बजार लगायत ग्रामिण क्षेत्रमा प्रमोदको राम्रो प्रभाव भएकाले जित्ने संभावना भएको विश्लेशण गरिएको छ ।