उम्मेदवार अपहरणमा परेपछि काँग्रेसले दियो यस्तो चेतावनी

विकल्प न्यूज/बेनी
बैशाख १८ गते । नेपाली काँग्रेसबाट बेनपा ३ भकिम्लीका वडा अध्यक्षका उम्मेदवार जस वहादुर पुन अपहरणमा परेपछि काँग्रेसले उक्त कार्यको घोर भत्र्सना गर्दै विना सर्त रिहा गर्न अनुरोध गरेको छ । nc bigeptiसोमवार भकिम्लीबाट बेनी आउँदै गर्दा हल्लेगौडा र पानीश्वारा विचबाट नेपाल कम्युनिष्ट पार्टी(विप्लव) समुहका कार्यकर्ताबाट अपहरण गरि अज्ञात स्थलतर्फ लगेको र निर्वाचनमा भागलिन पाउने लोकतान्त्रिक अधिकार खोसिएको काँग्रेसले ठहर गरेको छ । यस्तो घृणित कार्यको जति निन्दा र भत्र्सना गरेपनि अपुग हुने काँग्रेसद्धार साँझ प्रकाशिस विज्ञाप्तीमा जनाइएको छ ।
यदि पुनलाई रिहाई नगरी अधिकारबाट बञ्चित गर्न खोजे काँग्रेस म्याग्दीले कुनै पनि मूल्य चुकाउन पछि नपर्ने चेतावनी विप्लव समुहलाई दिएको छ ।
पुनको सकुशल रिहाईका लागि पहल गरिदिन नेपाल सरकार,राजनीतिक दल तथा मानव अधिकारवादीहरु प्रति आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस  https://bikalpanews.com/?p=11620