प्रमुख पदमा थमसरा पुन जिल्लाकै एक्ली महिला उम्मेदवार

विकल्प न्यूज / बेनी
बैशाख २० गते ।
नेकपा एमालेको तर्फबाट धौलागिरि गाउँपालिकाबाट महिला नेतृ थमसरा पुनलाई गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनाएको छ । धौलागिरि क्षेत्रमा सामाजिक कार्यमा सक्रिय पुन लामो समय गाउँको एक विद्यालयमा शिक्षक पेशामा संलग्न हुनुहुन्थ्यो ।DSC02785एमालेले ६ स्थानीय तह मध्य एउटामा महिलालाई प्रमुख पदमा उम्मदेवार बनाएको छ । भने काँग्रेस र माओवादीले उपप्रमुखमा महिलालाई सिमित गरेका छन् ।

मुदीकी स्थानीयवासीन्दा पुन पार्टी राजनीतिमा पनि राम्रो छवि बनाउन सफल व्यक्ति हुनुहुन्छ । मुदीको खिवाङमा रहेको चन्द्रज्योती माविमा लामो समय शिक्षक पेशा गर्नुभएको उहाँ धौलागिरि गाउँपालिकामा सामाजिक अभियन्ताका रुपमा चिनिनुहुन्छ ।

अस्थायी शिक्षण पेशाबाट राजिनामा दिएर पुन यतिखेर चुनावी मैदानमा उत्रिनु भएको छ ।
धौलागिरि गाउँपालिकामा नेपाली काँग्रेस र माओवादीका विच चुनावी गठबन्धन भएपनि जित हासिँल गर्न पुनको उम्मेदवारीले फलामको चिउरा चपाए जस्तो कठिन हुुने विश्लेषण गर्न थालिएको छ ।
पुन प्रमुख पदको उम्मेदवार जिल्लामै एक्ली भएकाले पनि पुन प्रति साहानुभूति राख्नेहरु प्रशस्त भएको स्थानीयहरु बताउँछन् ।

काँग्रेस माओवादीको गठबन्धनबाट माओबादीका रिम प्रकाश थापा उम्मेदवार हुनुहुन्छ ।
माओबादीको आधार क्षेत्र भएकाले माओवादीले जसरी पनि आधार क्षेत्रलाई बचाउन ठूलै कसरत गर्ने विश्लेषण गरिएको छ ।
यता नेकपा एमालेले भने गठबन्धन भएपनि एक्लै जित हासिल गर्न सकिने दावी गरेको छ ।
धौलागिरि क्षेत्रमा परिचित र समाज सेवामा लामो समय विताएकी पुनको उम्मेदवारीले जित हाँसिल गर्न सहज हुने एमालेहरुले विश्लेषण गरेका छन् । एमालेबाट उपप्रमुखमा युवा रेशम छन्त्याललाई उम्मेदवार बनाएको छ ।