जलजला ७ धाइरिङका पुराना काँग्रेस नेता निलकण्ठले दिए पार्टीबाट राजिनामा

विकल्प न्यूज/बेनी
बैशाख १८ गते । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङका पुराना काँग्रेस नेता निलकण्ठ उपाध्यायले पार्टीबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ । २०३६ सालबाट नेपाली काँग्रेसको राजीतिमा निरन्तर क्रियाशिल उपाध्याय धाइरिङमा काँग्रेसका प्रभावशाली नेता मानिनुहुन्छ । पुराना र त्यागी नेताको छवि बनाउनु भएका उपाध्यायको राजीनामाले काँग्रेस भित्र ठूलो हलचल ल्याएको छ । 18209240_1479737558743240_1046133666333845314_oविकल्प न्यूज सँग संक्षिप्त कुराकानी गर्दै उपाध्यायले भन्नुभयो, ‘काँग्रेसले सधै आफूलाई प्रयोग मात्र ग¥यो अवसर कहिल्यै दिएन त्यसैले पार्टीबाट राजीनामा दिएको हुँ ।’ आजको मिति देखि काँग्रेसको साधरणसदस्य समेतबाट राजिनामा दिएको उहाँले घोषणा गर्नुभएको छ ।
संकटकालमा जोखिम मोलेर पार्टी जोगाएको व्यक्तिलाई कुनै अवसर नदिएको हुनाले नेपाली काँग्रेसको साधरण सदस्य नरहने गरि राजीनामा दिएको उहाँले बताउनुभयो । लोकतान्त्रीक पार्टीमा सधै अलोकतान्त्रीक कार्य भएको उहाँले गुनासो गर्नुभयो । चाकडी र चाप्लुसीका भरमा सधै एउटै व्यक्तिलाई अवसर संस्कार पार्टी भित्र मौलाएको उहाँको आरोप छ ।
उहाँले आसन्न बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा जलजला ७ धाइरिङबाट स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिने समेत घोषणा गर्नुभएको छ ।
उपाध्याय धाइरिङमा त्यागी,निस्कलङकीत र स्वच्छ छवि भएको नेताका रुपमा चिनिनुहुन्छ । निर्वाचनको मुखमा आएर उहाँको राजिनामाले काँग्रेसलाई ठूलो नोक्सान हुने धाइरिङवासीहरुले बताउँछन् ।
काँग्रेसले वडा अध्यक्षमा पुराना नेता रुद्रलाल उपाध्यायलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । भने पार्टी सभापति राजु आचार्यलाई गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनाउने काँग्रेसले निर्णय गरेको छ ।