जलजलामा काँग्रेसका स्वतन्त्र उम्मेदवार आचार्यका कारण कसलाई पर्ला असर ?

विकल्प न्यूज/बेनी
बैशाख २० गते ।

पर्वतको उत्तर जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस धाइरिङका पार्टी सभापति राजु आचार्यले स्वतन्त्रमा उम्मेदरवारी दिएपछि काँग्रेसलाई चुनौती थपिएको छ ।

जिल्ला कार्यासमतिका कोषाध्यक्ष यामवहादुर मल्ल(रामकृष्ण) लाई अध्यक्षको उम्मेदवार बनाउने पार्टीले निर्णय गरेपछि असन्तुष्ट भएका आचार्यले गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको हो ।DSC_0225मनोनयन दर्ताको अघिल्लो दिन सोमवार दिउसो आचार्य गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुने पक्का भएको कुरा सामाजिक सञ्जालमा व्यापक भएको थियो । सामाजिक सञ्जालमा आचार्यलाई बधाइको ओइरो लागेको थियो भने सञ्चार माध्यममा समेत समाचार बनेका थिए । काँग्रेस श्रोतले आचार्य नै गाउँपालिकाको उम्मेदवार हुने निर्णय भएको कार्यकर्ताहरुलाई जानकारी दिएपछि उहाँको पक्षमा सामाजिक सञ्जालमा पोष्टहरु भएका थिए ।

तर एकाएक सोमवार राती नै ११ बजे मल्लले टिकट हात पारेको कुरा वाहिर आएपछि जलजला गाउँपालिकाका आचार्य पक्षीय नेता कार्यकर्ताहरु रुष्ट भएका थिए ।

टिकट वितरणमा असन्तुष्ट जनाउँदै आचार्य पक्षीय कार्यकर्ताहरुको मिलनचोकमा वसेको भेलाले आचार्यलाई स्वतन्त्रमा उम्मेदवारी दिने निर्णय समेत गरेको थियो ।

गाउँपालिकाको केन्द्र सवैलाई पायक पर्ने स्थान मिलनचोकमा हुनुपर्ने भन्ने आन्दोलनको अगुवाइ गर्दै आउनुभएका आचार्यका विरुद्धको निर्णयले समग्र मिलनचोक केन्द्रवासीहरुप्रति अपमान र गद्दारी गरेको काँग्रेसका महासमिति सदस्य रुद्रलाल उपाध्यायले बताउनुभयो । गलत निर्णयको वदला लिने समेत उहाँले बताउनुभयो ।
े असर के पर्ला ?
मूख्य तिन राजनीतिक दलहरु नेपाली काँग्रेस,एमाले र माओबादी केन्द्रले माझफाँट केन्द्र पक्षधरहरुलाई नै उम्मेदवार बनाएका छन् । यसले ति उम्मेदवार प्रति सालिजा,धाइरिङ,नाग्लीवाङ र बनौंका मतदाताहरु रुष्ट छन् ।

सवैलाई पायक पर्ने मिलनचोकलाई केन्द्र बनाउनु पर्ने भन्दै आन्दोलन गर्दै आएकाहरुले अव माझफाँट केन्द्रका पक्षधरहरुलाई मतदान गर्ने कुरामा यतिखेर थुप्रै आशांकाहरु उब्जीएका छन् । यतिखेर स्वतन्त्र उम्मेदवारको चुनावी रणनीतिलाई मतदाताहरुले निहालिरहेका छन् । आचार्यको चुनावी रणनीति कस्तो हुन्छ मतदाताहरु यतिखेर पखाईमा छन् । मतदानका दिन मिलनचोक केन्द्र पक्षधरहरुको एकता भयो र मतदानमा पनि त्यस्तै रणनीति अपनाइयो भने अन्य उम्मेदवारहरुलाई चुनौती थपिने देखिन्छ ।

मतदाताहरुको मनोविज्ञान
मिलनचोक केन्द्रपक्षध मतदाताहरुको मनोविज्ञान बुझदा स्वतन्त्रलाई मतदान गर्ने जस्तो देखिन्छ । पार्टीका प्रतिबद्ध कार्यकर्ताहरु वाहेक अन्य मतदाताहरुले मिलनचोक केन्द्र पक्ष उम्मेदवारलाई मतदान गर्न सक्ने संभावना लाई नर्कान सकिदैन ।

नेपाली काँग्रेस,एमाले र माओवादीका उम्मेदवारहरुले ति मतदाताहरुको मन जित्न फलामका चिउरा चपाए जस्तो हुने देखिन्छ । हिजो माझफाँट नै केन्द्र हुनृपर्दछ भनेर विभिन्न लविङ र आन्दोलनमा होमिएका ति उम्मेदवारहरुलाई सहजै तरिकाले मतदान गर्दछन भन्ने कुरामा थुप्रै आशांकाहरु छन् ।
मनोनयन दर्ता गर्न जाँदाका समय केही कार्यकर्ताहरु नै रुष्ट भएका थिए । उनीहरुले माझफाँट कुनै पनि हालतमा केन्द्र हुनुहुँदैन भन्ने मत प्रकट गरेका थिए । नाग्लीवाङ र बनौंका स्थानीयवासीहरु दिनभर लागेर केन्द्रमा पुग्दा त्यो अनुभूति गरे ।

स्वतन्त्र उम्मेदवारका कारण एमालेलाई के फाइदा ?
नेपाली काँग्रेसकै नेताले असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवार दर्ता गरेपछि सवै भन्दा फाइदा नेकपा एमालेलाई हुने देखिएको छ । टिकट वितरणमा पार्टीले गलत गरेको भन्दै रुष्ट भएका काँग्रेसजनहरुले स्वतन्त्रमा मतदान गर्न सक्ने प्रवल संभावना छ ।

आचार्यको उम्मेदवारीले काँग्रेसकै मत काट्न सक्ने आंकलन गरिएको छ । आचार्यले गाउँपालिकाका एक देखि ९ वटै वडाहरुमा रहेका काँग्रेस मतलाई प्रभावित पार्न सक्ने संभावना रहेको एक काँग्रेस नेताले बताउनुभयो । आचार्यले काँग्रेसको मत काटेमा एमालेका लाल वहादुर अधिकारी विजयी हुने संभावना रहेको विश्लेषण पनि गरिएको छ ।