ताजा समाचार:
Search

म्याग्दीका स्थानीय तहमा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता (फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ बैशाख ।
म्याग्दीका छ वटा स्थानीय तहमा मंगलबार उत्साह जनक रुपमा राजनितक दल र स्वतन्त्र उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।

अन्नपूर्ण र मालीका बाहेकका चार वटा स्थानीय तहमा विभिन्न राजनितिक दलहरुले तालमेल गरेर उमेद्वारी दर्ता गरेका छन् । बेनी नगरपालीकामा काँगेस र माओवादी केन्द्र तथा एमाले र राप्रपाले तालमेल गरेका छन् ।IMG_6514नेपाली काँग्रेसका जिल्ला सचिव हरिकुमार श्रेष्ठले मेयर र माओवादी केन्द्रकी नगर कमिटि सहसचिव ज्योती लामिछानेले उपमेयरमा उमेद्वारी दर्ता गराउनुभएको छ । १० वटा वडा रहेको बेनी नगरपालीकामा नेकपा एमालेका जिल्ला सदस्य प्रमोद श्रेष्ठले प्रमुख र राप्रपाका जिल्ला सहसचिव सञ्जु बरुवालले उपप्रमुखमा उमेद्वारी दर्ता गर्नुभएको छ ।IMG_6481राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव फौदबहादुर कार्की (बिदुर)ले प्रमुख र कोषाध्यक्ष भुमाकुमारी कार्की (बिष्णु)ले उपप्रमुखमा उमेद्वारी दर्ता गर्नुभएको छ । यसैगरी भकिम्लीका पृथीप्रसाद पुनले नगर प्रमुख र पूर्णबहादुर पुनले उपप्रमुखमा स्वतन्त्र उमेद्वारी दिनुभएको छ । IMG_6427७ वटा वडा रहेको धौलागिरी गाउँपालीकामा नेपाली काँग्रेस र माओवादी केन्द्रको तर्फबाट माओवादीका रिमप्रकाश थापाले अध्यक्ष र काँग्रेसका डम्मर भण्डारीलाई उपाध्यक्षको उमेद्वारी दर्ता गराएका छन् । एमालेकी थमसरा पुनले अध्यक्ष र रेशम छन्त्यालले धौलागिरी गाउँपालीकाको उपाध्यक्षमा उमेद्वारी दर्ता गर्नुभएको छ । राप्रपाका रिषीराम सुवेदीले उपाध्यक्षमा उमेद्वारी दर्ता गर्नुभएको छ ।IMG_6345मालीका गाउँपालीकाको अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोका, उपाध्यक्षमा बिमला रोका, एमालेबाट अध्यक्षमा बेगप्रसाद गर्बुजा, उपाध्यक्षमा खरमाया बिटालु र माओवादी केन्द्रकी गौमाया श्रीपालीले उपाध्यक्षमा उमेद्वारी दर्ता गर्नुभएको छ । मालीकामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छवी विश्वकर्माले अध्यक्षमा उमेद्वारी दर्ता गर्नुभएको छ ।IMG_0389मंगला गाउँपालीकामा काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेर माओवादीका चन्द्रप्रसाद बुढाथोकीलाई अध्यक्ष र काँग्रेसकी हुमाकुमारी फगामीलाई उपाध्यक्षको उमेद्वारी दर्ता गराएका छन् । एमालेकी सतप्रसाद रोकाले अध्यक्ष र सिर्जना केसीले उपाध्यक्षमा उमेद्वारी दर्ता गराउनुभएको छ ।

अन्नपूर्ण गाउँपालीकाको अध्यक्षमा काँग्रेसका डमबहादुर पुन र उपाध्यक्षमा केयरमाया मगर, एमालेका नारायण पुन र उपाध्यक्षमा दुर्गादेवी पाईजा तथा माओवादी केन्द्रबाट अध्यक्षमा कुलबिर राम्जालीले उमेद्वारी दर्ता गर्नुभएको छ ।IMG_0434    IMG_0419रघुगंगा गाउँपालीकामा काँग्रेसबाट भवबहादुर भण्डारीले अध्यक्षमा र कमला गर्बुजाले उपाध्यक्षमा उमेद्वारी दर्ता गर्नुभएको छ भने एमाले र माओवादी केन्द्रले तालमेल गरेर उमेद्वार उठाएका छन् ।IMG_0401एमालेका खिमबहादुर शाहीले अध्यक्ष र माओवादी केन्द्रका हरि भण्डारीले उपाध्यक्षमा उमेद्वारी दर्ता गर्नुभएको छ । रघुगंगा गाउँपालीकाको अध्यक्षमा नयाँ शक्ति पार्टीका ईन्द्रबहादुर मगरले उमेदवारी दर्ता गर्नुभएको छ । ४५ वटा वडा, बेनी नगरपालीका र ५ वटा गाउँपालीकाको उमेद्वारी दर्ता गर्न उमेद्वारहरु ¥याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । साँझसम्म मनोनयन दर्ता चलीरहेकाले राती मात्र सबै उमेद्वारहरुको नामावली विवरण सार्वजनीक गर्न सकिने मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । IMG_0407(1)

IMG_0436