समाचार

मालिकामा मापदण्ड विपरित संरचना बनाए सेवा सुबिधा राेक्का

गोपाल छन्त्याल/ बेनी जेठ १७ गते । मालिका गाउँपालिकाले बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धि मापदण्डको कार्यान्वयनलाई कडाई गरेको छ । गत पुस महिनामा गाउँपालिकाले मापदण्ड स्वीकृत गरेको थियो । बिहिबार बसेको गाउँ कार्यपालिकाको वैठकले मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि अटेरी गरि संरचना निर्माण गर्नेलाई गाउँपालिकाको तर्फबाट प्राप्त सबै सेवासुविधा रोक्क ागर्ने निर्णय भएको गाउँपालिका […]

रघुगंगामा गौरबको आयोजना

विकल्प न्यूज/बेनी जेठ १७ गते ।म्याग्दीको रघुगंगा गाउँपालिकाले बजेटलाई केन्द्रित गरेर गौरबका आयोजनामा लगानी गरेको छ । भौगोलिक रुपमा बिकट रघुगंगा गाउँपालिका क्षेत्रमा सहज सडक सुबिधा विस्तारका लागि महत्वका साथ बजेट बिनियोजन गरेर गौरवका आयोजना सञ्चालन गरेको हो । चालु आर्थिक वर्षमा रघुगंगा गाउँपालिकाले नमुना गौरवका आयोजनाको रुपमा झिँ–पाखापानी, दग्नाम–दर्मीजा–चिमखोला सडक र बेग बादुक जोड्ने […]

बेनीमा तिन दिने पत्रकार आवद्धता तालिम सुरु

विकल्प न्यूज/बेनी जेठ १६ गते । म्याग्दीको सदरमुकाम बेनीमा तिनदिने पत्रकार आवद्धता तालिम सुरु भएको छ । सूचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयोजनमा बुधवार देखि बेनीमा प्रमुख कानून र आचार संहिता विषयक पत्रकार आवद्धता तालिम सुरु गरिएको हो । शुक्रबार सम्म सञ्चालन हुने तालिमको शुभारम्भ गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय […]

पर्यटकलाई लोभ्याउँदै गुर्जाको होमस्टे

ठाकुरप्रसाद आचार्य/विकल्प न्यू जेठ १६ गते । चुरेन र गुर्जा हिमालको काखमा रहेको सुन्दर वस्ती धौलागिरि गाउँपालिका १ गुर्जा गाउँमा होमस्टे छ । गुर्जाको सुन्दरता सँग रमाउन आउने पाहुँनालाई गुर्जावासीले फुल र मालाले न्यानो स्वागत गर्दछन् । पाहुँनालाई खान र वस्ने सुविधा दिनका लागि गुर्जावासीहरुले होमस्टे सञ्चालनमा ल्याएका हुन । गुजुमुज्ज परेका परम्परागत शैलीका घर […]

गणतन्त्र दिवसका अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/बेनी जेठ १६ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा रहेको भिम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गणतन्त्र दिवसका अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको छ । स्वर्गीय चक्रप्रसाद गौचनको स्मृतिमा उहाँका छोराहरु मिनप्रसाद गौचन,खगेन्द्र गौचन र फर्मेन्द्र गौचनले स्थापना गरेको गरिब तथा जेहेन्दार छात्रावृत्ति कोषबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीहरुलाई झोला , […]

बेनी जोमसोम सडकमा २६ सिटे गाडीको मापदण्ड हटाउने तयारी

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ जेठ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी जोमसोम सडकमा कायम रहेको २६ जना क्षमता भन्दा बढी क्षमत्ताको सवारी साधन सञ्चालनमा रोक लगाउने मापदण्ड हटाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले २६ सिट क्षमता भन्दा […]

विदेशबाट फर्किएका युवाको कुखुरापालनबाट रहर लाग्दो आम्दानी(भिडियोसहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज म्याग्दी,जेठ १६ गते ।  एकदशक सम्म विदेशीमा श्रम र पसिना बगाउनुभएका यहाँका एक युवाले स्वदेश फर्किएर कुखुरापालन व्यवसायबाट रहर लाग्दो आम्दानी गर्नुभएको छ । बेनी नगरपालिका ६ कुरिलाखर्कका युवा सुरेश ढुङ्गना विदेशको आकर्षक जागिर छाडेर गाउँमै व्यवसायिक रुपमा कुखुरापालन व्यवसायको थालनी गर्नुभएको हो । ढुङ्गनाले ३० लाख रुपियाँ खर्चीएर आफ्नै जग्गामा […]

विश्वकर्मा हेल्पीङ हेण्ड्सद्वारा शैक्षिक अभिभावकत्व ग्रहण

काठेखोला/विकल्प न्यूज १५जेठ ।विश्वकर्मा हेल्पीङ हेण्डस ऐराउण्ड ओल्ड संस्थाले बागलुङको काठेखोला गाउँपालिका ५ का ७ बर्षिय ऐन्जल विकको ११ बर्षसम्म शैक्षिक अभिभावकत्व ग्रहण गर्दै ११ हजार आर्थिक सहयोग गरेको छ । क्यान्सर पीडित भएर उपचारको क्रममा मृत्यु भएका सैविर विकका छोरा एन्जलको १८ वर्षको उमेरसम्म शिक्षाका प्राप्तीका लागि बार्षिक रुपमा ११ हजारको दरले सहयोग गर्ने […]

आमा समूहद्धारा सामुदायिक भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ जेठ । बेनी नगरपालिका ५ छापको भगवती टोलका महिलाहरुले सामुदायिक भवन निर्माण गरेका छन् ।  भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहल सहितको सामुदायीक भवनको मंगलबार ११ औं गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडा अध्यक्ष कृष्णबहादुर बानियाँ र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको हो । […]

क्याम्पसको छात्रावासलाई पर्दा सहयोग

सन्तोष गौतम /विकल्प न्यूज बेनी १५ जेठ । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसको छात्रावासलाई म्याग्दी कपडा तथा फेन्सी ब्यवसायी समितिले मंगलबार एघारौ गणतन्त्र दिवसको अवसरमा फेन्सी सामाग्री (पर्दा) सहयोग गरेको छ । दुई वटा छात्रावास भवनको झ्याल ढोकामा राख्नका लागी आवश्यक १५ हजार रुपैया मूल्य बराबरको ३२ थान पर्दा सहयोग गरिएको समितिले जनाएको छ […]

आगलागी पीडित भण्डारी परिवारलाई राखु–पोखरा सम्पर्क समाजद्धारा सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी, १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ खड्कमारेका आगलागी पीडित घरपरिवारलाई पोखरामा बस्ने राखुबासीहरुको संस्था राखु–पोखरा सम्पर्क समाजले राहत सहयोग गरेको छ । समाजका अध्यक्ष लिल बहादुर भणडरी , सदस्य माधव रिजाल, प्रेम बहादुर भणडारी , सल्लाहकार लोक बहादुर भण्डारीको पहलमा संकलन भएको नगद रु ८८ हजार ६८० राहत सहयोग मंगलवार पीडित परिवारलाई […]

बेनीमा धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १५ जेठ । बेनीमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षणको लागि धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिका –७ को आर्थिक सहयोगमा नेपाल भाषा मंका ः खल ः अन्र्तगतको मैजु ः खलको आयोजनामा सुरु भएको तालिममा ८० जनाले सहभागीता जनाएका छन् । शुभ कार्यहरुमा बजाईने धिमे र नेवारी […]

गणतन्त्र दिवसको अवसरमा मौवाफाँटमा सरसफाई

विकल्प न्यूज/बेनी जेठ १५ गते । गणतन्त्र दिवस –२०७५ को अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलवार सरसफाई र प्रभातफेरि गरिएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा मौवाफाँटमा सरसफाई सहित प्रभातफेरी गरिएको हो । गाउँपालिकाका अध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाईको बिशेष उपस्थितमा गरिएको कार्यक्रममा स्थानीयबासी, पवित्र आमा समुह , ज्ञानोदय माविका […]

बालबालिकालाई शैक्षिक सामाग्री वितरण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ जेठ । बेनी नगरपालिका ६ छापमा रहेको बागेश्वरी आधारभुत विद्यालयमा मंगलबार ११ औं गणतन्त्र दिवसको अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालयमा स्थापीत भन्द्रबहादुर नन्दकली स्मृती अक्षयकोषको ब्याजबाट २२ जना विद्यार्थीहरुलाई पोषाक, झोला, कापी, कलम, ज्यामीती बक्स लगायतका सामाग्री वितरण गरिएको हो । स्थानीय नारायण महतले दिवंगत […]

गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ जेठ । राजतन्त्रको अन्त्य भई गणतन्त्र घोषणा भएको दिनको स्मरणमा मंगलबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर ११ औ गणतन्त्र दिवस मनाइएको छ । सदरमुकाम बेनीका साथै स्थानीय तहका केन्द्र, वडा र विभिन्न सामाजिक संघ संस्थाले छुट्टा छुट्ै कार्यक्रम आयोजना गरेर दिवस मनाएका हुन् । बेनीमा प्रभातफेरीपछि अयोजित समारोहमा बत्ताहरुले राजनितिक […]