विश्वकर्मा हेल्पीङ हेण्ड्सद्वारा शैक्षिक अभिभावकत्व ग्रहण

काठेखोला/विकल्प न्यूज
१५जेठ ।sayog (5)विश्वकर्मा हेल्पीङ हेण्डस ऐराउण्ड ओल्ड संस्थाले बागलुङको काठेखोला गाउँपालिका ५ का ७ बर्षिय ऐन्जल विकको ११ बर्षसम्म शैक्षिक अभिभावकत्व ग्रहण गर्दै ११ हजार आर्थिक सहयोग गरेको छ ।

क्यान्सर पीडित भएर उपचारको क्रममा मृत्यु भएका सैविर विकका छोरा एन्जलको १८ वर्षको उमेरसम्म शिक्षाका प्राप्तीका लागि बार्षिक रुपमा ११ हजारको दरले सहयोग गर्ने संस्थाले जनाएको छ ।
संस्थाका सदस्य पुर्ण विक ‘ पहाडी’ ले काठेखोला गाउँपालिका ५ मसुर खाल्डाका पीडित परिवारको घरमा पुगेर मंगलबार बालकलाई सहयोग हस्तान्तरण गर्नुभएको हो । आमा नानुमाया वि.क र मिलन महिला समुह सचिव बुद्धिमाया पुन लगायतको उपस्थितमा सो सहयोग हस्तान्तरण गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका स्वर्गिय विकको परिवारमा श्रीमती सहित तिन छोरी, १ छोरा रहेका छन् । देशका विभिन्न भागमा मृगौला तथा क्यान्सर पीडित र विपन्न परिवारका बालबालिकालाई सहयोग गर्दै आएको विश्वकर्मा हेल्पीङ संस्थाले शैक्षिक क्षेत्रमा पहिलो सहयोग गरेको हो ।