आमा समूहद्धारा सामुदायिक भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १५ जेठ । IMG_3274 बेनी नगरपालिका ५ छापको भगवती टोलका महिलाहरुले सामुदायिक भवन निर्माण गरेका छन् ।  भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहल सहितको सामुदायीक भवनको मंगलबार ११ औं गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडा अध्यक्ष कृष्णबहादुर बानियाँ र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको हो । IMG_3278तत्कालीन सांसद विकास कोषको एक लाख र बेनी नगरपालिकाको दुई लाख रुपैयाँ अनुदान सहित सात लाख रुपैयाँको लागतमा भवन निर्माण भएको समूहका अध्यक्ष कमलदेवी खत्रीले बताउनुभयो । भवन निर्माणका लागि महतले ८० हजार सहयोगको घोषणा गर्नुभएको छ ।

३० घरधुरीले एक महिनाका दरले श्रमदान गरेका थिए । स्थानीय चन्द्रबहादुर खत्रीले छ आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको थियो । ७० जना क्षमताको भवन निर्माण भएपछि भेला, तालीम, गोष्ठी, बैठक, सभा, समारोह लगायतका कार्यक्रम सञ्चालन गर्न सहज भएको छ ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष बानियाले आमा समूहको विकास निर्माण र सामाजिक गतिबिधिमा बढेको सक्रियताबाट आफू उत्साहीत भएको बताउनुभयो । उहाँले महिलालाई साक्षरता, सचेतना, आत्मनिर्भर, ब्यवसायीक, रोजगार उन्मुख बनाउन सहयोग गर्ने समूहसंग सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा चन्दादाता र सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।