गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १५ जेठ । IMG_3198

राजतन्त्रको अन्त्य भई गणतन्त्र घोषणा भएको दिनको स्मरणमा मंगलबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर ११ औ गणतन्त्र दिवस मनाइएको छ ।

सदरमुकाम बेनीका साथै स्थानीय तहका केन्द्र, वडा र विभिन्न सामाजिक संघ संस्थाले छुट्टा छुट्ै कार्यक्रम आयोजना गरेर दिवस मनाएका हुन् । बेनीमा प्रभातफेरीपछि अयोजित समारोहमा बत्ताहरुले राजनितिक स्थायीत्वका साथै गणतन्त्रको संस्थागत विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

तत्कालीन संबिधानसभाका सदस्य गोविन्द पौडेलले गणतन्त्र घोषणाको स्मरण गर्दै संबिधानमा उल्लेखित ब्यवस्थाको कार्यान्वयनबाटै गणतन्त्र संस्थागत हुने बताउनुभयो । नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्कीले शुसासन, विकास र सम्बृद्धी मार्फत जनतालाई गणतन्त्रको अनुभुती दिलाउनुपर्ने दायीत्व रहेको बताउनुभयो । IMG_3207बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले गणतन्त्रको संस्थागत विकासका लागि सबै पक्षबिच हातेमालो र सहकार्यको आवश्यकता औल्याउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षता र योजना अधिकृत गोविन्द सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रम अघि जनप्रतिनिधि, राजनितिकर्मी, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीको ¥यालीले बजार परिक्रमा गरेको थियो । Mauwaphant (1)रघुगंगा गाउँपालिकाको आयोजनामा स्थानीयबासीको समेत सहभागीतामा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सरसफाईका साथै ज्ञानोदय माविद्धारा सञ्चालीत दृष्टिबिहीन स्रोत कक्षाका विद्यार्थीलाई फलफुल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाईले जानकारी दिनुभयो ।

धौलागिरी गाउँपालिका १ गुर्जामा सरसफाई गर्नुका साथै धु्रमपान र मध्यपानको समस्या न्युनीकरण सम्बन्धि अन्तरक्रिया गरिएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले म्याग्दी बहुमुखी क्याम्पसलाई पर्दा सहयोग गरेको छ ।
मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम भएका छन । सामुदायीक विद्यालयहरुले गणतन्त्र दिवसको अवसर पारेर छात्रवृत्ती वितरण गरेका छन् ।