ताजा समाचार:
Search

समाचार

म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

प्रताप बानियाँ/बेनी म्याग्दी, जेठ २७ ।ग्रामीण भेगका जनतालाई लक्षित गरेर म्याग्दी जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीको तीन ठाउँमा स्वास्थ्य शिविर गर्न लागिएको हो । आगामी असार ७, ८ र ९ गते क्रमशः मालिका गाउँपालिकाको दरबाङ, अन्नपूर्णको पोखरेबगर र बेनी […]

जनप्रतिनिधि र कर्मचारीलाई सरकार सञ्चालन प्रशिक्षण

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, जेठ २७ ।जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा स्थानीय सरकार सञ्चालनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहका पदाधिकारीहरु तथा कर्मचारीहरुका लागि स्थानीय सरकार सञ्चालनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको हो । तीन दिनसम्म चलेको प्रशिक्षण तालिमको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय […]

पढाऔ अभियानलाई पिस सिटीको एक लाख सहयोग

विकल्प न्यूज/बेनी बेनी २७ जेठ ।अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले गरिब विपन्न विद्यार्थीको शिक्षामा पहुँच बढाउन सञ्चालन गरेको पढाऔ अभियानलाई क्लबको बेनी पिस सिटीले आर्थिक सहयोग गरेको छ । पिस सिटीका अध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लोकेश पुनमगर र कोषाध्यक्ष भोजबहादुर रिजालले लायन्सका अभियन्त चन्द्रकुमार केसीलाई एक लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । क्लबले डम्मरामा […]

दरवाङ र पश्चिम म्याग्दी एकिकरणको प्रस्ताव पारित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सञ्चालीत दरवाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न छुट्टा÷छट्टै साधारण सभाबाट एकिकरणको प्रस्ताव पारित भएको छ । समान उद्देश्य र कार्यक्षेत्र भएका सहकारी संस्थाको एकिकरण गरी सर्वसुलभ तथा सहज रुपमा सेवा उपलब्ध गराउने निष्कर्ष सहित आर्थिक कारोबारका हिसावले पश्चिम म्याग्दीका दुई […]

धौलागिरीमा योजना संकलन र प्राथमिकीकरण सुरु

होसीयारसिङ विक/विकल्प न्यूज मुना २७ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिकाले बस्ती स्तरबाट आगामी आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन हुने योजना संकलन र प्राथमिकीकरण सुरु गरेको छ । असार दोस्रो हप्तासम्म आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी गरेको धौलागिरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु बस्तीको आवश्यकता, समस्या पहिचान गरी योजना निर्माणमा जुटेका हुन् । बस्ती, वडा, विषयगत […]

भरुवा बन्दुक र वन्यजन्तुको मासु सहित पक्राउ

विकल्प न्यूज/बेनी जेठ २७ गते ।पश्चिम म्याग्दीको मंगला गाउँपालिका २ हिदीबाट शनिबार साँझ भरुवा बन्दुक र वन्यजन्तुको मासु सहित एकजना पक्राउ परेका छन् । प्रहरीचौकी बाबियाचौरबाट खटि गएको प्रहरी सहायक निरिक्षक सहितको टोलीले शंकास्पद व्यक्तिहरुको घरमा चेकजाँच गर्ने क्रममा हिदीका ३५ वर्षिय दलबहादुर पुनकलाई पक्राउ गरेको हो । पुनको घरमा लुकाइराखेको विना लाईसेन्सको अवैध १ […]

समृद्ध गाउँपालिका निर्माणमा अघि बढ्दै अन्नपूर्ण

धु्रबसागर शर्मा /बेनी जेठ २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनता,जनप्रतिनिधि र कर्मचारीहरुले समृद्ध अन्नपूर्ण गाउँपालिका निर्माणमा साझा प्रतिबद्धता जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाले शुक्रवार ठूलोबगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले कृषि,पशुपालन,शिक्षा,पर्यटन,यातायात लगाएतको सबै क्षेत्रमा गाउँपालिकालाई समृद्ध बनाउने र गाउँपालिकाको हरेक सकरात्मक अभियानमा सहयोग रहने प्रतिबद्धता जनाएका हुन् । अन्नपूर्ण गाउँपालिका वडा नं १ […]

बृक्षारोपणका नाममा म्याग्दी र पर्वतमा ठगी धन्दा

विकल्प न्यूज/बेनी जेठ २६ गते । जलजला गाउँपालिका ६ सालिजाका एक किसान मरेको टिक विरुवा देखाउँदै । भारतीय कम्पनी शिवशक्ति वायोप्लान्टले म्याग्दी र पर्वतमा वृक्षारोपणका नाममा ठगी धन्दा गरेको खुलसा भएको छ । तराई,भित्री मधेश र चुरे क्षेत्रमा हुने विरुवालाई विभिन्न प्रलोभन देखाएर म्याग्दी र पर्वतका उच्च भूभागमा विरुवा विक्री गरि ठग्ने गरेको गुनासो आएको […]

रितुङ माविमा पुस्तकालय उद्घाटन

विकल्प न्युज /बेनी जेठ २५ गते । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुईनेमङ्गलेस्थित रितुङ माध्यमिक विद्यालयमा शुक्रबार पुस्तकालय उद्घाटन भएको छ । साविकको जिल्ला शिक्षा कार्यालय म्याग्दीको ६ लाख ५० हजार तथा पुस्तकालय व्यवस्थापन उपसमितिको पहलमा करिब एकलाखसहित कुल सातलाख ४६ हजार रुपैयाँको लागतमा पुस्तकालय स्थापना गरी सञ्चालन गरिएको हो । सोही अवसरमा पुस्तकालय सञ्चालनका लागि […]

दुर्घटनाका पीडित परिवारलाई आर्थिक सहयोग

विकल्प न्युज । बेनी जेठ २५ गते । ट्याक्टर दुर्घटनामा परेर निधन भएका म्याग्दीको मंगला गाउँपालिका–२, भाइबाङका सुस्मिता नेपाली र १ नम्बर वडा पूर्णगाउँका सुशील भण्डारीको परिवारलाई आर्थिक सहयोग भएको छ । सुस्मिता नेपालीको परिवारलाई मंगला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र मेलमिलापसम्बन्धी तालिमका प्रशिक्षकमार्फत सङ्कलित नगद आठहजार ११५ रुपैयाँ सहयोग गरिएको छ । यसैगरी नेपालीको परिवारलाई […]

दुर्दीमा सत्तरी लाखको लगानीमा भित्रीवन खानेपानी आयोजना निर्माण सम्पन्न

सन्तोष गौतम/ प्रताप बानियाँ दुर्दी २५ जेठ । मंगला गाउँपालीका ४ दुर्दीमा सत्तरी लाख रुपैयाको लागतमा भित्रीवन खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । गाउँपालीकाद्धारा सञ्चालीत दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ७० लाख तिन हजार ९९३ रुपैयाको लगानीमा निर्माण भएको आयोजनाबाट दुर्दीका ६८ घरधुरी लाभान्वित भएका छन् ।सबैको घरमा […]

डाँडागाउँका दुई महिला डेढ महिनादेखि सम्र्पक बिहीन

सन्तोष गौतम /विकल्प म्याग्दी, २५ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ३ डाँडागाउँको एक घरका २ बुहारी डेढ महिनादेखि सम्र्पकबिहीन छन् ।  डाँडागाउँ स्थित सराक्दी टोलका चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो । विहान अबेर सम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्क […]

अनिल गौतमको आयो काँचै छ भोगटे (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ २५ गते । युवा कलाकार अनिल गौतमको काँचै छ भोगटे गीति एल्बम बजारमा आएको छ ।

धार्मिकस्थल रिखार पर्यटकको पर्खाइमा

विकल्प न्यूज/बेनी जेठ २५ गते । सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखारमा जनै पूर्णिमाको दिन विशेष पूजाआजा हुने भएपनि अन्य समयमा भने भक्तजन र पर्यटकको आगमन शून्य हुने गरेको स्थानीयवासी बताउँछन् । रिखारको महत्व र यहाँको प्राकृतिक सुन्दरताको बारेमा प्रचारप्रसार हुन नसक्दा उल्लेख्य मात्रामा पर्यटक र भक्तजन भित्रन नसकेको […]

गुर्जाली आमाहरुको नमुना काम

विकल्प न्यूज/बेनी जेठ २५ गते । जिल्लाको धौलागिरि गाउँपालिका १ गुर्जाका महिलाहरुले गाउँमा पाहुँना नुहाउने घर निर्माण गरेका छन् । गुर्जाको भ्रमणमा पुग्ने पर्यटक र स्थानीयवासीको सुविधाका लागि हिमाली आमा समुहको सक्रियतामा नुहाउने घर निर्माण गरिएको हो । गाउँपालिकाबाट ११ लाख ४७ हजार रुपियाँ आमा समुहको चारलाख ५५ हजार रुपियाँ गरी १६ लाख भन्दा वढी […]