समाचार

बिममा माओबादी केन्द्रबाट रुबिन जुग्जाली वडा अध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी चैत १७ गते । म्याग्दीमा नेकपा माओबादी केन्द्रले आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदावर चयन कार्यलाई तिव्रता दिएको छ । सर्वसहमतिमा वडा अध्यक्षको उम्मेदवार टुंगो लगाईरहेको माओबादी केन्द्रले बिहिबार रुबिन जुग्जालीलाई मालिका गाउँ पालिका वडा नं ७ बिमको वडा अध्यक्षको उम्मेदवार छनौट गरेको छ । वडा कमिटिको बैठक बाट सर्बसम्मत रुपमा जुग्जालीलाई […]

ताकममा एमाले र काँग्रेससँग भिड्न अशोक खत्री चुनावी मैदानमा ओर्लिए

विकल्प न्यूज\बेनी चैत १७ गते । धवलागिरी गाउँपालिका ७ ताकममा नेकपा माओवादी केन्द्रले वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । माओवादीका तर्फबाट अशोक खत्री चुनावी मैदानमा ओर्लिएका छन् भने नेकपा एमाले र काँग्रेसले भने उम्मेदवार टुंगो लगाएको छैन । अघिल्लो निर्वाचनमा यहाँ नेकपा एमालेले वडा अध्यक्ष जितेको थियो । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा वडा […]

मुस्ताङमा पर्यटकको चाप बढ्यो

 विकल्प न्यूज\मुस्ताङ चैत १७ गते । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका […]

जलजलामा एमालेको वडा कार्यालय स्थापना

विकल्प न्यूज\जलजला चैत १६ गते ।   नेकपा एमाले जलजलाले आसन्न स्थानीय तहको निर्वाचन लक्षित अभियान थालेको छ । पहिलो चरणको एकहप्ते चुनावी अभियान लिएर गाउँ पसेको एमालेले वडा तहमा भेला,प्रशिक्षण,भेटघाट र चुनाव प्रचाप्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । अभियान अन्तर्गत बुधवार वडा नम्बर १ बासखर्कमा नेकपा एमाले वडा कमिटीको कार्यालय स्थापना गरेको […]

किन आयो सेवाग्राहीलाई उपदेश दिने खालको अस्पतालको विज्ञप्ती ?

विकल्प न्यूज/बेनी चैत १६ गते । म्याग्दीको एकमात्र सरकारी अस्पताल बेनी अस्पतालले सेवाग्राहीलाई पाठ सिकाउन थालेको छ । मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलको संयुक्त हस्ताक्षरमा बिज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरुमाथि असभ्य, दुव्र्यवहार नर्गन सेवाग्राहीहरुलाई सूचित गरेको छ । अस्पतालका वारेमा सेवाग्राहीले गुनासो राख्ने विषयलाई अस्पताल प्रशासनले अस्वभाविक रुपमा […]

माओवादी म्याग्दीले टुंगो लगायो ११ वडामा उम्मेदवार

विकल्प न्यूज\बेनी चैत १६ गते । आगमी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले जिल्लाका ४५ वडा मध्य ११ वडामा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । निर्वाचन लक्षित कार्यक्रम लिएर वडा तहमा पुगेको माओवादीले सहमतिमा वडाध्यक्षको उम्मेदवार टुंगो लगाएको जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो । ११ वडामा टुंगो लगाएको भएता पनि […]

रघुगंगामा समीक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न

विकल्प न्यूज\बेनी चैत १५ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८\०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको बिषयगत शाखा, वडा र गाउँपालिकाको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत समेत गरिएको थियो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले विकास खर्चलाई बढाउन नसकेको,ठेक्का मार्फत अघि बढेका योजनालाई […]

चुनावी अभियान लिएर काँग्रेस गाउँगाउँमा

विकल्प न्यूज/बेनी चैत १५ गते । नेपाली काँग्रेस म्याग्दीले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम गाउँगाउँमा लगेको छ । ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान लिएर गाउँ पसेका जिल्लास्तरका नेताहरुले निर्वाचन लक्षित कार्यकता भेटघाट,छलफल,वैठक तथा प्रशिक्षण सञ्चालन गरेका छन् । अभियान लिएर नेताहरु गाउँ पुगेपछि कार्यकर्ताहरु उत्साहित बनेका छन् । निर्वाचनमा उम्मेदवारको […]

म्याग्दीमा माओवादीले टुंगो लगायो ओखरबोटको वडा अध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी चैत १४ गते । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिका ४ ओखरबोटको वडा अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएको छ । वडा तहको उम्मेदवार टुंगो लगाउने माओवादी जिल्लामा पहिलो भएको छ । सोमबार बसेको वडा कमिटीको वैठकले सर्वसम्मत रुपमा रेशमबहादुर पुनलाई आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लागि उम्मेदवार […]

बेनीको मेयरको दाबेदारमा एमालेका टप ५ नेताहरु

विकल्प न्यूज\बेनी चैत १४ गते । आसन्न वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनमा राजनीतिक दलभित्र उम्मेदवारको चर्चा परिचर्चा हुनथालेको छ । उम्मेदवारको टिकट हात पार्न आकांक्षीहरुले प्रदेश र केन्द्रका नेताहरु सँग आ–आफ्नो लबिङ थालेका छन् । नेकपा एमालेबाट ५ जना नेताहरु मेयरका लागि आकांक्षी देखिएका छन् । अघिल्लो निर्वाचनमा झिनो मतान्तरका बीच पराजित बनेको एमाले […]

घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण

विकल्प न्यूज\बेनी चैत १३ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपाननीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहयोगमा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवालले […]

युवा संघ नेपाल जलजलाको अध्यक्षमा दिलीपकुमार बरुवाल निर्वाचित

विकल्प न्यूज/जलजला चैत १३ गते ।   राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार बरुवाल निर्वाचित हुनुभएको छ । आइतबार पर्वत बेनीमा भएको युवा संघको प्रथम अधिवेशनले बरुवालको नेतृत्वमा ५१ सदस्यीय जलजला गाउँपालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा कृष्ण पौडेल,सचिव विक्रम सुवेदी,सहसचिव मिजास फकामी, कृष्ण पौडेल र कोषाध्यक्षमा डेगबहादुर जिसी […]

अखिल नेपाल महिला संघको अध्यक्षमा यशोदा रोका निर्वाचित

विकल्प न्युज/ बेनी चैत १२ गते । नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा यसोदा रोका निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अनेमसंघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो । रोका मंगला गाउँपालिका ३ सातबिसे निबासी हुनुहुन्छ । अनेमसंघको बिद्यान अनुसार ४५ […]

अबको संघर्ष सामाजिक रुपान्तरणका लागि हो ः पूर्वमन्त्री थापा

विकल्प न्यूज/बेनी चैत ११ गते । नेपाल कम्युनिष्ट पार्टि एमाले स्थायी कमिटि सदस्य एवं पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अवको राजनैतिक संघर्ष समाज रुपान्तरणका लागि हुनुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनको शुक्रबार बेनीमा उद्घाटन गर्नुहुँदै संघको राष्ट्रिय सम्मेलन समितिका संयोजक समेत रहुनभएका थापाले राजनीतिले समाज […]

को–अपरेटिभ म्यानेजर्स क्लब, म्याग्दीको अध्यक्षमा कँडेल

विकल्प न्यूज\बेनी चैत १० गते । को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको प्रथम साधारणसभाले सर्वसम्वत नेतृत्व चयन गरेको छ । बिहिबार सदरमुकाम बेनीमा आयोजित साधारणसभाले पश्चिम नेपाल साकोसका प्रबन्धक प्रेमलाल कँडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा न्यु धौलागिरी साकोसका प्रबन्धक बसन्तकुमार श्रेष्ठ, सचिवमा लोकदीप साकोसका प्रबन्धक नेत्रराज सुबेदी, कोषाध्यक्षमा दिदिबहिनी साकोसकी प्रबन्धक […]