ताजा समाचार:
Search

अबको संघर्ष सामाजिक रुपान्तरणका लागि हो ः पूर्वमन्त्री थापा

विकल्प न्यूज/बेनी
चैत ११ गते ।


नेपाल कम्युनिष्ट पार्टि एमाले स्थायी कमिटि सदस्य एवं पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अवको राजनैतिक संघर्ष समाज रुपान्तरणका लागि हुनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनको शुक्रबार बेनीमा उद्घाटन गर्नुहुँदै संघको राष्ट्रिय सम्मेलन समितिका संयोजक समेत रहुनभएका थापाले राजनीतिले समाज परिवर्तनका लागि महत्वपूर्ण उपलब्धी हाँसिल गर्न आवश्यक रहेको बताउनुभएको हो ।

थापाले महिला अधिकार प्राप्तीका लागि अनेमसंघले खेलेको भूमिकाको चर्चा गर्दै समाजका हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने व्यवस्थाको माग अनेमसंघले गरेको बताउनुभयो ।

आज हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागीता हुँदै आएको छ, त्यो उपलव्धी अनेमसंघको हो थापाले भन्नुभयो, “महिलाको पक्षमा जति पनि कानून लागु भएका छन, त्यी सवै अनेमसंघकै प्रस्तावमा बनेका हुन” ।

थापाले आसन्न स्थानीय तहको चुनावमा गठवन्धनका बिरुद्धमा नेकपा एमाले एक्लै लड्न कस्सिएको भन्दै यसका लागि अनेमसंघ अग्रपंक्तिमा सक्रियताका साथ खट्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं म्याग्दी जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापाले जनताको काम गर्ने र देशको बिकास गर्ने पार्टि एमाले भएकाले जनताकै चाहना अनुसार पुनः एमालेकै जित हुने दावी गर्नुभयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवँ प्रदेश सभा सदस्य नरदेबी पुनले अनेमसंघ महिलाहरुको साझा घर भएको बताउनुभयो । उहाँले अझैपनि महिलाहरु समाजमा ढुक्क भएर हिड्न सक्ने अबस्था नरहेको प्रति दुख व्यक्त गर्दै महिलाहरु हरेक समयमा सचेत बनेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले पार्टिले अघि सारेको बिचार, सिद्धान्त र एजेण्डालाई आत्मसाथ गर्दै महिलाहरुका अधिकारका निम्ती संघर्ष गर्न अनेमसंघमा आवद्ध नेतृहरुलाई आग्रह गर्नुभयो ।
सम्मेलनमा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष देबेन्द्र बहादुर कटुवालले महिलाहरुको सक्रियताले पार्टिलाई थप उचाईमा पुराउन सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।

सम्मेलनको उद्घाटन सत्रमा नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रमोद शर्मा, सुवास बिक, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरज केसी, उपसचिव राजकुमार थापा, जिल्ला कमिटि सदस्यहरु, पालिका कमिटिका पदाधिकारी तथा बिभिन्न जनवर्गीय संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता अनेमसंघ जिल्ला कमिटि अध्यक्ष थमसरा पुनको अध्यक्षता, दिवा पुनको स्वागत र सचिव याम कुमारी गर्बुजाको संचालनमा सम्पन्न भएको थियो ।