म्याग्दी समाचार

प्रजातन्त्र दिवसका अवसरमा बेनीमा सरसफाई

सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ फागुन । ६८ औ प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा आईतबार बेनीमा बजार सरसफाई गरिएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा बेनीको कालीपुल, दरवाङ्ग बसपार्क, खेलमैदान लगायत सार्वजनिक स्थलहरुको सरसफाई गरिएको हो । सार्वजनिक स्थलहरुमा फालीएका पलास्टीक जन्य र नकुहिने फोहोर संकलन […]

बुद्ध एकेडेमीको १२ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण

विकल्प न्यूज/बेनी फागुन ६ गते । बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीको १२ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । ५ दिनसम्म विविधि कार्यक्रमको आयोजना गरेर अभिभावक दिवस मनाइएको हो । अभिभावक दिवसको अवसरमा आयोजित सभामा प्रमुख अतिथी जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाको शैक्षिक विकासमा नीजि […]

रोजगारीका लागि प्राबिधिक शिक्षा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ५ फागुन । म्याग्दीका सरोकारवालाहरुले आत्मनिर्भर र स्वरोजगार बन्नका लागि प्राबिधिक शिक्षाको आवश्यकता रहेको बताएका छन् । बेनीमा रहेको ग्राफिक्स कम्प्युटर सेन्टरको शनिबार भएको प्रथम वार्षिक उत्सव तथा अभिभावक दिवसमा सहभागीहरुले प्राबिधिक शिक्षा अपरिहार्य रहेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले नेपालमै केही […]

बाबियाचौरको फोहोर पानाबगरमा व्यवस्थापन

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर ५ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको फोहोर पानाबगरमा व्यवस्थापन गर्न सुरु भएको छ । गाउँपालिका, वडा कार्यालय र टोल सुधार समितिको पहलमा बजारमा फोहोर संकलन गरी पानाबगरमा व्यवस्थापन गर्न थालीएको हो । ३५० घरधुरीको बसोबास रहेको मंगला गाउँपालीका २ मा पर्ने बाबियाचौर बजारका बासिन्दाले यसअघि म्याग्दी नदी र बस्ती […]

के.डी वर्ष पत्रकारिता पुरस्कार खड्कालाई

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ फागुन ।  म्याग्दीका पत्रकार घनश्याम खड्का के.डी वर्ष पत्रकारिता पुरस्कारबाट सम्मानीत हुनुभएको छ ।  मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेजले शनिबार दोस्रो वार्षिक उत्सवको अवसरमा कृषि र पर्यटन क्षेत्रमा समाचार लेखेवापत कान्तिपुर दैनिकका सम्बाददाता खड्कालाई ११ हजार १११ रुपैयाँ पुरस्कार राशीको पुरस्कार प्रदान गरेको हो । सोही अवसरमा रासस […]

नारच्याङका उपभोक्ता समितिलाई तालीम

विकल्प न्यूज/बेनी फागुन ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका उपभोक्ता समितिका पदाधीकारीहरुलाई तालीम दिइएको छ । गाउँपालिकाको आयोजनामा नारच्याङमा बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई तालीम दिइएको हो । गाउँपालिकाका नायव सुब्बा कुलप्रसाद आचार्य र लेखापाल ईन्द्र केसीले उपभोक्ता समितिका पदाधीकारीको काम, कर्तब्य र अधिकार, […]

बेनी बोर्डिङको अभिभावक दिवस

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ फागुन । बेनी बोडीङ्ग सेकेण्डरी स्कुलले शुक्रबार २७ औ अभिभावक दिवस मनाएको छ ।  अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा जिशिअ रामकुमार श्रेष्ठले शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण भएको बताउदै दिगो र गुणस्तरीय शिक्षाको आवश्यकता भएको जोड दिनुभयो । विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, निर्देशक सनम बानियाको स्वागत, शिक्षक प्रकाश […]

बेनपाका जनप्रतिनिधि र कर्मचारीको अभिमुखीकरण कार्यक्रम सुरु

सन्तोष गौतम/विकल्प न्यूज गलेश्वर ४ फागुन । बेनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि गलेश्वरमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, १० वटा वडाका अध्यक्ष, कार्यपालीका सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी र वडा सचिवहरुको सहभागीता रहेको छ । स्थानीय तहको […]

सहकारीका सञ्चालक र कर्मचारीलाई प्रशिक्षण

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ फागुन । म्याग्दीका सहकारीकर्मीहरुलाई शुक्रबार बेनीमा सहकारी ऐन २०७४ तथा सहकारीमा सम्पत्ती सुद्धिकरण निर्देशीका सम्बन्धि प्रशिक्षण दिइएको छ । जिल्ला सहकारी संघले आयोजना गरेको कार्यक्रममा म्याग्दीमा रहेका सहकारीका सञ्चालक र कर्मचारीहरुबीच ऐन र निर्देशीकामा भएका व्यवस्थाको विषयमा छलफल भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक सदस्य रामबहादुर जिसीले नयाँ व्यवस्था […]

बेनीमा खाद्य सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ फागुन । खाद्य सुरक्षा अनुगमन तथा योजना तर्जुमा सम्बन्धि अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम बिहीबार बेनीमा सम्पन्न भएको छ । कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खाद्य सुरक्षा योजना तर्जुमा प्रक्रियाको बारेमा जानकारी गराउनुका साथै खाद्य सुरक्षा योजनालाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा छलफल भएको […]

थममाया मन्त्रीमा नियुक्त भएपछि म्याग्दीमा खुसीयाली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ फागुन । नेकपा एमालेका सांसद थममाया थापा बिहीबार मन्त्री बन्नुभएको छ । थापा मन्त्रीमा नियुक्त भएपछि जिल्लावासी खुसी भएका छन् । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा समानुपातीक तर्फबाट प्रतिनिधीसभा सदस्य चयन हुनुभएकी थापालाई बिहीबार प्रधानमन्त्री चयन हुनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला तथा बालबालीका मन्त्रीमा नियुक्त गर्नुभएको हो […]

म्याग्दीकी थममाया थापा मन्त्रीमा नियुक्त

विकल्प न्यूज/बेनी फागुन ३ गते । नेपाल सरकारका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले म्याग्दीकी थममाया थापालाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गर्नुभएको छ । थापा नेकपा एमालेको पोलिट ब्युरो सदस्य एवम् समानुपातिक सांसद हुनुहुन्छ । थापाले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलाकी महिला नेत्री थापा एमालेको […]

प्रजातन्त्र र निर्वाचन दिवस मनाउन मूल समारोह समिति गठन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ फागुन ।  बेनीमा ६८ औ प्रजातन्त्र र दोस्रो निर्वाचन दिवस मनाउन बिहीबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । समितिको कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले मूल समारोह समिति गठनका साथै फागुन ६, ७ र ८ गते त्रिदिवसीय कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको हो […]

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति पुर्नगठन

विकल्प न्यूज/दरवाङ फागुन ३ गते ।मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिको विहिवार पुर्नगठन भएको छ । स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएसंगै  दरवाङका वडा अध्यक्ष सन्तनाथ सुवेदीको अध्यक्षतामा सात सदस्यीय नयाँ व्यवस्थापन समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा थमन गौतम, मालिकाका अध्यक्ष संरक्षण, सदस्य सचिवमा केन्द्र प्रमुख डाक्टर राजेन्द्र […]

म्याग्दीमा डढेलोबाट वन जोगाउनै मुस्किल

घनश्याम खड्का/विकल्प न्यूज फागुन ३ गते । फाइल तस्विर लामो खडेरीसँगै यहाँका सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा डढेलो लाग्न थालेको छ । माघ तेस्रो सातासम्म जिल्लाका दर्जन हाराहारी सामुदायिक वन हिमाली चरन डढेलोले खाइसकेको छ । सदरमुकामको वन कार्यालयसँग सीमा जोडिएको वराहपाखो सामुदायिक वनमा त यो साता मात्रै दुईपटक डढेलो फैलिएको थियो । वराहपाखो सामुदायिक वन जिल्लामा […]