फोटो

यसरी भइरहेको छ मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य (फोटोफिचर)

विकल्प न्यूज/बेनी भदौं ७ गते । म्याग्दीको अन्नपूर्ण ४ नारच्याङमा रोवष्ट इनर्जी लि.ले निर्माण गर्न लागेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको सुरुङ र विद्युत गृह निर्माणको काम एकसाथ अघि वढेको छ । आगमी दुइवर्ष भित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । […]

पहिरो पीडितलाई राहत

विकल्प न्यूज/बेनी साउन २० गते । बेनपा १० पात्लेखेत पहिरो पीडितहरुलाई राहत वितरण गर्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल । विहिवार जिल्लाका विभिन्न संघसंस्थाहरुले पात्लेखेत पुगी राहत वितरण गरेका छन् । तस्विर सन्तोष गौतम

पात्लेखेत पहिरो पीडितहरुलाई राहत वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ साउन । बेनी नगरपालिका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको बान्द्रेखाल्टी र पाखाथरको पहिरोका कारण पात्लेखेत गाउँ जोखिममा परेको हो ।रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो बस्ती नजिकै आएपछि करिब बिस घर उच्च जोखिममा परेका वडा अध्यक्ष रिम रोकाले बताउनुभयो । मंगलबार र बुधबारको अबिरल […]

हसिलो मुहारले चिठ्ठा तानेपछि….

हसिलो मुहारले चिठ्ठा तानेपछि…. विकल्प न्यूज/बेनी साउन १७ गते । जिल्ला समन्वय समितिको प्रमुखको चिठ्ठा तान्दै देवेन्द्र वहादुर केसी । म्याग्दीमा कुनै पनि दलको वहुमत नभएपछि प्रमुखमा गोलापोला प्रथा अपनाइएको थियो । गोलापोलामा प्रमुख नेकपा एमालेको भागमा परेको थियो । एमालेबाट उम्मदेवार केसी जिल्ला समन्वय समितिको प्रमुखमा निर्वीरोध हुनुभएको छ । तस्विर नवविकल्प

कति संकलन भयो त !

साउन १७ गते । कति संकलन भयो त ! म्याग्दीको गलेश्वर मन्दिरमा भक्तजनहरुले चढाएको भेटीको रकम गणना गरिदैं । साउन महिनाको तेस्रो सोमवार सम्म ७ लाख ७६ हजार रुपियाँ भेटी संकलन भएको छ । तस्विर नवविकल्प न्यूज 

मेयर ज्यू ! कालिपुल वसपार्कको हालत देख्नुभएको छ ?

विकल्प न्यूज/बेनी साउन १० गते । सदरमुकाम बेनी स्थिति कालिपुल वसपार्कलाई व्यवस्थीत बनाउनका लागि विद्यार्थीहरुले दवाव दिएका छन् । वसपार्क अव्यवस्थित हुँदा वर्षातको समयमा हिलाम्य हुने गरेको छ । मंगलबार अनेरास्ववियु म्याग्दीले बेनी नगरपालिकालाई दवाव दिन ¥याली निकालेको छ ।

पहिलो नगरसभा

    पहिलो नगरसभा ः म्याग्दीको बेनी नगरपालिकाले शुक्रवार आर्थिक वर्ष २०७४÷०७५ का लागि नीति,कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्षका चालु र पूँजीगत गरि जम्मा ३८ करोड १७ लाख ६९ हजार रुपियाँ वरावरको बजेट सार्वजनिक गरेको छ । उपमेयर सञ्जु वरुवालले सो बजेट सार्वजनिक गर्नुभएको हो । तस्विर ठाकुरप्रसाद आचार्य

जिल्लासभाको पहिलो बैठक

विकल्प न्यूज/बेनी असार १६ गते । म्याग्दीमा जिल्लासभाको पहिलो वैठक सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा वैठक वसेको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको डेढ महिना पछि जिल्ला सभाको वैठक वसेको हो । सभामा ६ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरि १२ जना सदस्य हुने व्यवस्था छ । पहिलो वैठकले जिल्ला […]

ओमकुमारी शान्तिकोषलाई ८ लाख सहयोग

विकल्प न्यूज/बेनी असार १ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई म्याग्दी उद्दार समिति वहराइनद्धारा विहिवार कार्यक्रमको आयोजना गरि ८ लाख ११ हजार एकसय ५५ रुपियाँ समितिका मानर्थ सदस्य ख प्रसाद शेरपुञ्जाद्धारा शान्तिकोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण भएको छ । ओमकुमारी शान्तिकोषले विपन्न र असायहरुको उपाचारका लागि सहयोग गर्न डेढ करोड अक्ष्यकोष पु¥याउने लक्ष्य लिएको […]

खानेपानी समस्या…..

बेनी नगरपालिका ६ गुफा स्थित सार्वजनिक धारामा पानी भर्न आएका स्थानीय महिलाहरु । खानेपानी सुबिधाको अभावमा गुफा र नेपालीका ४८ घरधुरी सर्वसाधारण समस्यामा परेका छन् । तिरतिरे धारामा एक गाग्री पानी भर्न समेत घण्टौ पालो पर्खनुपर्ने समस्या छ । तस्विर /सन्तोष गौतम

सुन्तलाका विरुवा उत्पादन गर्ने घर

बेनपा ३ भकिम्ली राँखुमा निर्माण गरिएको स्कृन हाउस । जहाँ सुन्तलाका स्वस्थ विरुवा उत्पादन गरि कृषकहरुलाई वितरण गरिन्छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक एवम् प्राविधिक सहयोगमा सो स्कृन हाउस निर्माण गरिएको हो । तस्विर ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज

स्वादिलो खरबुजा

 बेनी नगरपालिका ४ सुर्केमेलाका भिमबहादुर बानियाँले उत्पादन गरेको खरबुजा । विगत ४ वर्ष देखि यहाँ व्यसायिक खरबुजा खेती गर्न थालिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

हेर्नुहोस रघुगंगा गाउँपालिकाको सुन्दरता (फोटो)

विकल्प न्यूज/बेनी जेष्ठ २४ गते । म्याग्दीको रहुगंगा गाउँपालिका प्राकृतिक सुन्दरताले धनि छ । यहाँको जनसंख्या १५ हजार सात सय ५३  रहेको छ । साविकका  बेगखोला,राखु भगवति,पिप्ले,दग्नाम,झिँ,चिमखोला,पाखापानी र कुइनेमंगले गाविसहरु रहेका छन् । जनजातिहरुको वाहुल्यता रहेको यहाँ सांस्कृति विविधता पनि पाइन्छ । जलस्रोत र पर्यटन यहाँको विकास र समृद्धिको मूख्य  आधार हुन । यसका साथै  […]

जलजलाका निर्वाचित जनप्रतिनिधिहरुलाई मिलनचोकमा सम्मान (फोटो)

विकल्प न्यूज/जलजला जेठ १३ । बैशाखा ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा  निर्वाचित   पर्वतको उत्तरी जलजला गाउँपालिकाका अध्यक्ष याम वहादुर मल्ल(रामकृष्ण) लगायत ९ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई मिलनचोकमा नागरिक समाजले सम्मान गरेको छ ।

उल्लासमय वातावरणमा निर्वाचन

जलजला ७ धाइरिङ सल्यानमा रहेको मतदान केन्द्रमा मत खसाल्न लाइनमा वसेका मतदाताहरु ।