ताजा समाचार:
Search

पात्लेखेत पहिरो पीडितहरुलाई राहत वितरण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ साउन ।
बेनी नगरपालिका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको बान्द्रेखाल्टी र पाखाथरको पहिरोका कारण पात्लेखेत गाउँ जोखिममा परेको हो ।रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो बस्ती नजिकै आएपछि करिब बिस घर उच्च जोखिममा परेका वडा अध्यक्ष रिम रोकाले बताउनुभयो । मंगलबार र बुधबारको अबिरल बर्षा पछि वडाको विभिन्न ठाउँमा पहिरोका कारण एउटा घर भत्कीएको छ भने अन्य तिन घर विस्थापित भएका छन् ।

20630185_1633941006630129_339970955_oबान्द्रेखाल्टी पहिरोका कारण खम्बी गर्बुजाको घर भत्कीएको छ । यसैगरी लालबहादुर हमाल, खिमबहादुर सार्की र बिमला नेपालीको घर बस्न नहुने भएपछि विस्थापित भएका छन् । पहिरोको जोखिमका कारण त्रसीत रहेका पात्लेखेतका बासिन्दाले पहिरो नियन्त्रणका लागि दिर्घकालीन योजनाको साथै विस्थापितलाई अस्थाई बसोबासको व्यवस्था मिलाउन माग गरेका छन् । पहिरोले घर बगाएपछि आफन्तकोमा आश्रय लिएर बस्नुभएकी सम्मी गर्बुजाले बसोबासको व्यवस्था मिलाईदिन अनुरोध गर्नुभयो ।

20630185_1633941006630129_339970955_oवडा कार्यालयका अनुसार नरबहादुर पाईजा, हर्कबहादुर शाही, हर्कबहादुर नेपाली, अर्जुन पराजुली, धनबहादुर मल्ल, खेमराज सुवेदी, गणेश पराजुली, गनप्रसाद शेरचन, ईन्द्रबहादुर मल्ल, सञ्जीव मल्ल, गोविन जिसी, जागेश्वर जैसी, वुद्ध गिरी, मनबहादुर रावल, ईन्द्रबहादुर रावल, चन्द्रबहादुर मल्ल, कृष्णप्रसाद पराजुली लगायतको घर पहिरोको जोखिममा परेको छ ।
भिरालो भुवनोट र भुमीगत पानीका कारण विगत केही वर्षयता पहिरो नियन्त्रणका लागि तारजाली लगाउने गरिएपनि सफल हुन नसकेको स्थानीय बासीन्दा केदार शर्माले बताउनुभयो ।

यसैबीच प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, उपप्रमुख लोकबहादुर मल्ल, बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठ, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, बेनी नगरपालीकाका कार्यकारी अधिकृत विश्वामित्र कुईकेल, राष्ट्रिय अनुसन्धान अधिकृत अर्जुन शर्मा, विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको टोलीले बुधबार पात्लेखेत पहिरोको स्थलगत निरिक्षण गर्नुभएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले घर पूर्ण क्षति भएकी खम्बी गर्बुजालाई १५ हजार, विस्थापित भएका लालबहादुर हमाल, खिमबहादुर सार्की र बिमला नेपालीलाई दश दश हजार र बेनी नगरपालिकाले पाँचपाँच हजार रुपैयाँ राहत उपलब्ध गराएको छ । घर क्षति भएकी खम्बीलाई जिल्ला समन्वय समितिले पाँच हजार, नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले सात हजार, ओमकुमारी शान्ति कोषले पाँच हजार र दुई थान त्रिपाल, अनेरास्ववीयुले दुई हजार रुपैयाँ सहयोग गरेका छन् ।

ओमकुमारी शान्ति कोषले अन्य तिन जना बिस्थापितहरुलाई नगद पाँच पाँच हजार र दुई दुई थान त्रिपाल उपलब्ध गराएको छ । अनेरास्ववीयुले दुई दुई हजार रुपैयाँ उपलब्ध गराएको छ । पहिरोको स्थलगत अगुगमन गरेर बस्तुस्थिती जानकारी लिएको बताउदै प्रजिअ पौडेलले विस्थापितलाई राहतको व्यवस्था गराएको र थप क्षति हुन नदीन सर्तकता अनपाउन अनुरोध गरिएको बताउनुभयो । पहिरोले घतान हुदै पात्लेखेत जोड्ने सडक पनि अवरुद्ध भएको छ ।