ताजा समाचार:
Search

जिल्लासभाको पहिलो बैठक

विकल्प न्यूज/बेनी

असार १६ गते ।

jillla savaम्याग्दीमा जिल्लासभाको पहिलो वैठक सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा वैठक वसेको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको डेढ महिना पछि जिल्ला सभाको वैठक वसेको हो । सभामा ६ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरि १२ जना सदस्य हुने व्यवस्था छ । पहिलो वैठकले जिल्ला समन्वय समितिमा रहने सदस्यहरुको संख्याका वारेमा निर्णय गर्ने बुझिएको छ । संविधानमा अध्यक्ष र उपाध्यक्ष गरि बढीमा नौजनाको जिल्ला समन्वय समिति गठन हुने प्रावधान छ ।