राष्ट्रिय समाचार
तेक्वान्दोमा सात इभेन्ट सकिदा पुलिसलाई ४ स्वर्ण
ठाकुरप्रसाद आचार्य/बेनी असोज ३० गते । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले अग्रता कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ४ वटा स्वर्ण पदक जितेको छ । आइतबार साँझ सम्म सात वटा इमेन्ट […]
राष्ट्रिय महिला भलिबल ः भोली देखि क्वाटर फाइनलका खेलहरु
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज ३० गते । म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगिताको लिग चरणको खेलहरु सकिएका छन् । प्रतियोगिता अन्तरगत लिग चरणको बिजेता र उपबिजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतवार भएको प्रतियोगितामा एपीएफले आर्मी र बागमतीले मधेस प्रदेशलाई पराजीत गरे । बागमतीले २५–६, २५–८ र २५–७ […]
नवौं राष्ट्रिय खेलकुद ः तेक्वान्दोको पुम्सेतर्फ पुलिसको अग्रता
विकल्प न्यूज/बेनी असोज २९ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीस्थित कभर्ड हलमा सुरु भएको तेक्वान्दो प्रतियोगितामा पुलिस क्लवले चार स्वर्णसहित अग्रता लिएको छ । प्रतियोगिताको पुम्से एकल महिला र पुरुष दुवैमा नेपाल पुलिसकी निशा दर्नाल ७.१९९ अंकसहित विजेता बनिन् भने पुलिसकै कमल श्रेष्ठ ७.५३३ अंकसहित विजेता बन्दै स्वर्ण जिते । महिलातर्फ आर्मीकी […]
राष्ट्रिय महिला भलिबल ः प्रदेश नम्बर एक विजयी
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २९ गते । बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको शनिबार सम्पन्न लिगचरणको खेलमा प्रदेश नम्बर एकले मधेशप्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । मधेश प्रदेशमाथि २५–१३, २५–२२, २५–१५ को जित निकालेको हो । बेनीको खुल्ला मञ्चमा खचाखच भरिएका दर्शकहरुले दुवै प्रदेशका पक्षमा बाडिएर हुटिङ गरेका […]
राष्ट्रिय महिला भलिबल ः कर्णालीलाई पराजित गर्दै नेपाल आर्मीको जित
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २९ गते । बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको शनिबार भएको लिगचरणको खेलमा नेपाल सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । कर्णाली प्रदेशमाथि आर्मी क्लबले २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो । दिउसो २ बजे मधेश प्रदेश र प्रदेश […]
नवौं राष्ट्रिय खेलकुद ः बेनीमा तेक्वान्दो प्रतियोगिता सुरु
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २९ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बेनी स्थित कभर्ड हलमा शुक्रबार साँझ देखि प्रतियोगिता सुरु गरिएको हो । उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषको खेल खेलाइएको थियो । प्रतियोगितामा महिला, पुरुष सिंगल पुम्सेतर्फ नेपाल पुलिस क्लबले जित हात पारेको म्याग्दी तेक्वान्दो संघका […]
नवौं राष्ट्रिय खेलकुदः महिला भलिबलको चौथो खेलमा नेपाल पुलिस विजयी
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २८ गते । बेनीमा जारी नवौं राष्ट्रिय महिला भलिबल अन्तर्गत शुक्रबार सम्पन्न चौथो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले लुम्बिनी प्रदेशलाई सोझो ३–० सेटमा पराजित गरेको हो । पुलिसले लुम्बिनी प्रदेशलाई १०–२५, ११–२५ र ९–२५ को अंकमा लगातार तीन सेटनै पराजित गर्दै जित निकालेको हो । राष्ट्रिय भलिबल […]
राष्ट्रिय महिला भलिबलमा बागमतीको बिजयी यात्रा सुरु
म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको दोस्रो खेलमा बागमती प्रदेशले बिजयी सुरुवात गरेको छ । प्रदेश नम्बर १ लाई लगातार तीन सेटमा पराजीत गर्दै बागमतीले बिजयी यात्रा सुरु गरेको हो बागमती र प्रदेश नम्बर १ बिचेमा पहिलो सेट २५–७, दोस्रो २५–१२ […]
राष्ट्रिय महिला भलिवलमा एपिएफको बिजयी यात्रा
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २८ गते । म्याग्दीको बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रवार भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले बिजयी यात्रा अघि बढाएको छ । कर्णाली प्रदेशलाई पहिलो सेटमा ६ का विरुद्ध २५, दोस्रो सेटमा २ का विरुद्ध २५ र तेस्रो सेटमा ७ का विरुद्ध २५ नम्बर ल्याउँदै लगातार […]
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकीको विजयी सुरुवात
विकल्प न्यूज/बेनी असोज २७ गते । बेनीमा सिुरु भएको नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा भएको उद्घाटन खेलमा सुदुरपश्चिमलाई शून्यका विरुद्ध सोजो तिनसेट जितेर गण्डकी प्रदेशले विजयी सुरुवात गरेको हो । बेनीको खुल्ला मञ्चमा सम्पन्न उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशलाई शुन्यका विरुद्ध तिनसेट लगातार […]
खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित भव्य स्वागत (फोटो\भिडियो)
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २७ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा आयोजना हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता विहिवार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्व प्रतियोगितामा सहभागि हुन बेनी आएका खेलाडीहरुलाई बेनीमा भव्यरुपमा स्वागत गरिएको छ । खेलाडीहरुको स्वागतमा बेनीमा जातजातिको कला, संस्कृति झल्कने झाँकी प्रदर्शन गर्नुका साथै नौमती बाजा […]
स्थानीय तहका कार्यपालिका पदाधिकारीले चुनावी प्रचारप्रसार गर्न नपाउने
विकल्प न्यूज/बेनी असोज २६ गते । निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने जनाएको छ । आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बुधवार विज्ञप्ति जारी गर्दै स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने जनाएका हुन् । आयोगका अनुसार […]
ठूला लगानी भित्र्याउन म्याग्दीका विनोद कुँवरको सक्रियता
विकल्प न्यूज\बेनी असोज २६ गते । म्याग्दीका विनोद कुँवरले विदेशमा रहेका नेपालीको लगानीलाई आर्कषित गर्न धमाधम सम्मेलनको आयोजनामा सक्रिय भएका छन् । कोरियाका सफल नेपाली ब्यवसायी कुँवरले एनआरएनए आइसीसीको नेतृत्व गरेपछि कोरियाका विभिन्न कम्पनीलाई नेपालमा समेत उत्पादन गर्ने वातावरण बनाएका छन भने ठूला परियोजनामा समेत लगानी र नेपालबाटै निर्यातको वातावरण बनाउन सक्रिय छन् । यसैक्रममा […]
मौसममा आएको सुधार सँगै पुनहिलमा पर्यटकको चहलपहल (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २६ गते । म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बुधवार देखि मौसममा सुधार सँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको संख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुनथालेपछि होटल व्यवसायीहरु उत्साहित बनेका छन् […]
बेनीमा हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी पुरा (भिडियो/फोटो)
विकल्प न्यूज/बेनी असोज २६ गते । नवौ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा आयोजना हुने महिला भलिबल र तेक्वान्दो खेलको प्रतियोगिताको तयारी पुरा भएको छ । भाली असोज २७ गते विहिवार देखि खेलको सुरु हुने छ । खेलकुद प्रतियोगताका लागि बेनीको खुल्ला मञ्चलाई सिँगारिएको छ । बजारमा खेलाडी तथा पाहुनाहरुको स्वागतका लागि तुलव्यानर टांगिएको छ । […]