ताजा समाचार:
Search

राष्ट्रिय महिला भलिबल ः प्रदेश नम्बर एक विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असोज २९ गते ।

बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको शनिबार सम्पन्न लिगचरणको खेलमा प्रदेश नम्बर एकले मधेशप्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । मधेश प्रदेशमाथि २५–१३, २५–२२, २५–१५ को जित निकालेको हो ।
बेनीको खुल्ला मञ्चमा खचाखच भरिएका दर्शकहरुले दुवै प्रदेशका पक्षमा बाडिएर हुटिङ गरेका थिए ।

खेल निकै प्रतिस्पर्धापूर्ण भएपनि मधेश प्रदेशले जित निकाल्न सकेन । आजकै पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको थियो । कर्णाली प्रदेशमाथि आर्मी क्लबले २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो ।

लगातार दुई खेलमा पराजित भएपछि कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको छ । भोली आइतबार पहिलो खेल विभागीय समहु त्रिभुवन आर्मी क्लब र एपिएफ दोस्रो बागमति र मधेश प्रदेशकाबीच हुने प्रतियोगिताको अफिसियल व्यवस्थापक तथा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । सोमबारदेखि क्वाटर फाइनलका खेलहरु संचालन हुने उहाँले बताउनुभयो ।