राष्ट्रिय समाचार

मंगलामा नेतृत्व विकास तालिम

विकल्प न्यूज/बेनी असार १६ गते । मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटामा दुईदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सकिएको छ । बरंजा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबार र शुक्रबार गरी दुईदिनसम्म सञ्चालन भएको तालिममा बंरजा, कुहुँ र बावियाचौरका १५ जनाको सहभागिता रहेको थियो । तालिममा उद्घोषण, भाषणकला, वैठक सञ्चालन, नेतृत्व विकास अन्तरगत […]

गलेश्वरधामलाई विश्व सम्पदा सूचीमा राख्न बेनी नगरले पहल गर्ने

विकल्प न्यूज/बेनी असार १५ गते । म्याग्दीको बेनी नगरपालिकाले प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ । बेनी नगरपालिका ९ स्थित कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेको गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरले समन्वय र पहल गर्ने भएको हो । गलेश्वर धाम ऐतिहासिक, पर्यटकीय एवं धार्मिक […]

जलजलामा ४७ करोड १० लाखको बजेट पारित

विकल्प न्यूज/जलजला असार १५ गते । पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको […]

सहमति जुटेपछि जलजलाको १४ औं गाउँसभा पुनः सुरु

विकल्प न्यूज/जलजला असार १४ गते । पर्वतको जलजला गाउँपालिकाको १४ औं गाउँसभा पुन सुरु भएको छ । यसअघि आह्वान गरिएको पहिलो र दोस्रो गाउँसभाको वैठकमा गणपुरक संख्या नपुगेको भन्दै तेस्रो पटक आज विहिवार सभा बसेको थियो । गाउँसभाका बहुमत सदस्यहरुले विरोध गरेपछि स्थगित भएको गाउँसभा दिनभर हुनसकेन । गाउँसभा स्थगित भएपछि पालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष […]

जलजलाको गाउँसभास्थल किन भयो तनावग्रस्त ?

विकल्प न्यूज/जलजला असार १४ गते । पर्वतको जलजला गाउँपालिकाको गाउँसभा तनावग्रस्त बनेको छ । अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि दुई पक्षबिच झडपको अवस्था निम्तिएको छ । यस अघि बोलाइएका पहिलो र दोस्रो वैठकमा गणपुरक संख्या नपुगेपछि आज विहिवार तेस्रो वैठकको आह्वान गरिएको थियो । पालिका […]

जलजलाको गाउँसभामा बहुमत कार्यपालिका सदस्यहरुको असन्तुष्टि

विकल्प न्यूज /बेनी असार १४ गते ।   पर्वतको जलजला गाउँपालिकामा बहुमत जनप्रतिनिधिहरुले गाउँसभामा अनुपस्थित रहेर विरोध जनाएका छन । विहिबार पर्वत बेनीमा पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिकाको १४ औँ गाउँसभामा आफुहरु उपस्थित नभएको विषयमा जानकारी गराईएको हो । वडा अध्यक्ष र कार्यपालिका सदस्य गरि ११ जनाको हस्ताक्षरमा प्रेस विज्ञप्ती समेत प्रकाशन गरिएको छ । […]

जलजलाका विद्यार्थीबीच चित्रकला प्रतियोगिता

विकल्प न्यूज/जलजला असार १२ गते । पर्वतको जलजला गाउँपालिकामा बालबालिकाबीच चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । १६ औं गणतन्त्र दिवसका अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुकाबीच सोमबार पालिका केन्द्रमा आयोजना गरिएको अन्तिमचरणको प्रतियोगितामा जलजला ३ पर्वत बेनी स्थित न्यू होराइजन आवासीय माविका छात्रा कञ्चन पुर्जा पुनले प्रथम स्थान हासिल गर्नुभएको छ । यसैगरी अमृत आदर्श […]

मालिका गाउँपालिकाले ल्यायो ४५ करोड ८१ लाखको बजेट

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडा नम्बर ६ छ्यारेछ्यारे स्थित सभाहलमा आयोजित गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत गर्नुभएको उक्त बजेट छलफल सहित पारित गरिएको हो […]

गणपुरक संख्या नपुगेपछि जलजलाको गाउँसभा स्थगित

विकल्प न्यूज/जलजला असार १० गते । म्याग्दीको बेनी सँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिको गाउँसभा स्थगित भएको छ । आइतबार आह्वान गरिएको गाउँसभाको १४ औं अधिवेशनमा गणपुरक संख्या नपुगेपछि सभा स्थगित गरिएको हो । नेकपा एमालेबाट निर्वाचित बहुमत गाउँसभाका सदस्यहरु गाउँसभाको अधिवेशनमा अनुपस्थित भएपछि सभा वस्नका लागि आवश्यक संख्या नपुगेकाले वैठक स्थगित भएको प्रमुख प्रशासकीय […]

बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असार १० गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि झण्डै ७१ करोडको बजेट पेस गरेको छ । बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले आइतबार बेनी नगरपालिकाको नगर सभाको १३ औँ अधिवेशनमा ७० करोड ८९ लाख रुपियाँको बजेट पेस गर्नुभएको हो । नगरपालिको आन्तरिक आय, कर तथा गैर कर राजश्व र […]

बेनी नगरबाट तालिम पाएपछि महिलाहरुले बनाए फेन्सी चप्पल

विकल्प न्यूज/बेनी असार ९ गते ।   तालिम पाएपछि बेनी नगरपालिका ९ गलेश्वरका महिलाहरुले फेन्सी चप्पल बनाएका छन् । बेनी नगरपालिकाले सञ्चालन गरेको आमासमुह सँग उपमेयर कार्यक्रम अन्तर्गत गलेश्वरका महिलाहरुलाई फेन्सी चप्पल बनाउने १५ दिने तालिम प्रदान गरिएको थियो । बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न […]

धवलागिरीमा करिब ४४ करोडको बजेट पारित

विकल्प न्यूज/बेनी असार ९ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो । क्षेत्रगत रुपमा आर्थिक विकासमा रु. पचास लाख ८० हजार, […]

म्याग्दीको अन्नपूर्णमा चट्याङ लागेर ४५ भेडा मरे

 विकल्प न्यूज/बेनी असार ९ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् ।  अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५  भेडा मरेका जानकारी दिनुभयो । “बिहानै कृषकले ४५  भेडा मरेको […]

अन्नपूर्ण गाउँपालिकाले बनायो साढे ५३ करोडको बजेट

विकल्प न्यूज/बेनी असार ८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८०÷०८१ का लागि साढे ५३ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले ५३ करोड ५४ लाख ४३ हजार ६ सय रुपियाँ को बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ ३५ करोड ५१ […]

एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

विकल्प न्युज/ बेनी पोखरेबगर, ८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष भारतकुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । अन्नपूर्ण गाउँपालिकालाई विश्वसामु उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा स्थापित […]