ताजा समाचार:
Search

श्रीमतीको हत्या गर्ने राजु प्रहरी नियन्त्रणमा

म्याग्दी, वैशाख १६ गते । बेनी नगरपालिका ७ मंगलाघाटमा दाउराले प्रहार गरी आफ्नी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

जलजला गाउँपालिका ३ पर्वत बेनी घर भई बेनी नगरपालिका ७ मंगलाघाट बस्ने राजु विकले आफ्नी श्रीमती २७ वर्षीया भगवती विकको हत्या गरेको प्रहरीले जनाएको छ । मङ्गलवार बिहान साढे छ बजेतिर श्रीमतीको हत्या गरी भागेका राजुलाई प्रहरीले बेनी नगरपालिका २ ज्यामरुककोटको जङ्गलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।  मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीको शवगृहमा राखिएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *