माझफाँटमा अन्तराष्ट्रिय पर्वत समाजको अधिवेशन तयारी

विकल्प न्यूज/बेनी
असोज १९ गते ।

रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेका पर्वतवासीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशन असोजको अन्तिम हप्ता  जलजला ३ माझफाँटमा  हुने भएको छ । अधिवेशनलाई सफल बनाउन प्रवासी पर्वतेलीहरु जुटेका छन् । समाजले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नुका साथै व्यवस्थापकीय कार्य अघि बढाएको छ । समाजको अधिवेशन यहि असोज २६,२७ र २८ गते माफफाँटमा गर्ने तय भएको छ ।

अधिवेशनलाई सम्पन्न गराउन विभिन्न उपसमिति गठन गरिएको छ । बैठकले जलजला गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्वर ८ नाग्लिवाङका वडा अध्यक्ष हरिविकास जिसीको संयोजकत्वमा कार्यक्रम तथा मञ्च व्यवस्थापन समिति गठन गरेको छ । मञ्च व्यवस्थापनको सहयोगी संस्थामा हिम सुसेली युथ क्लव रहेको छ ।

बैठकले हेली प्याड तथा गाडी व्यवस्थापनका लागि भरत क्षेत्रीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । समितिको सदस्यमा भिमसेन बराइली, वावुराम कार्की, कुशल जिसी र सन्जीव वोहोरा रहेका छन् । बसाई व्यवस्थापनकाका लागि एकिन्द्र खत्रीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा नविन जिसी, मुकुन्द्र मल्ल, सुनिता क्षत्री, मिनवहादुर खत्री, राम थापा र आयुष जिसी रहेका छन् ।

ADV

बैठकले नविन जिसीको संयोजकत्वमा प्रचारप्रसार तथा सुचना सम्प्रेषण उपसमिति गठन गरेको छ । समितिको सदस्यमा कुशल जिसी, भिमसेन बराइली, पूर्न बस्याल र सागर लामिछाने रहेका छन् । सुनिता क्षेत्रीको संयोजकत्वमा माला तथा अतिथि सत्कार उपसमिति गठन गरेको छ । जसमा शान्ति जिसी र सुनिता कार्की रहेका छन् बैठकले प्रकाश जिसीको संयोजकत्वमा यातयात तथा बाटाघाटा सरसफाई उपसमिति गठन गरेको छ । जसमा पूर्ण बरुवाल, विकास भण्डारी, समुन नेपाली लाल वहादुर मल्ल, यामवहादुर भण्डारी र कमल विश्वकर्मा रहेका छन् ।

बैठकले बाजा तथा झाँकी व्यवस्थापन उपसमितिको संयोजकमा भिमसेन बराइलीलाइजिम्मेवारी प्रदान गरेको छ । जसमा नविन जिसी, पूर्ण बरुवाल, कुशल जिसी, सुनिता जिसी, सुमन नेपाली र सुनिता कार्की रहेका छन् ।
।अधिवेशनले जलजलाको पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।