राष्ट्रिय समाचार
जलजलामा आयोजित गौमहोत्सवको छैटौं दिनसम्म ३ करोड पाँचलाख संकलन
विकल्प न्यूज/जलजला मंसिर २४ गते । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा जारी गौमहोत्सवको छैटौं दिनसम्म करिब ३ करोड पाँचलाख रुपैयाँ संकलन भएको छ । गण्डकी गोपाल गौशालाको आयोजनामा सञ्चालन गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव छैटौ दिन करिब ३० लाख रुपैयाँ दान प्राप्त भएको सचिवालयले जनाएको छ । महोत्सवको छैटौ दिन विहिवार जलजला ७ […]
एनआईसी एशिया वैंकद्धरा गौमहोत्सवलाई एकलाख पाँचहजार सहयोग
विकल्प न्यूज\बेनी मंसिर २६ गते । एनआइसी एशिया पर्वत बेनी शाखाले जलजलामा आयोजित गौमहोत्सवलाई एकलाख पाँचहजार पाँचसय ५५ रुपियाँ सहयोग गरेको छ । गण्डकी गोपाल गौशाला धाइरिङले जलजलाको मिलनचोकमा आयोजना गरेको गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको छैटौं दिन बैंकका शाखा प्रबन्धक तुलसीराम आचार्यले गौशालाको विकासका लागि उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । गौशालामा भौतिक पूर्वाधार […]
नेबिसंघ म्याग्दीको अध्यक्षमा खत्री चयन
विकल्प न्यूज/बेनी मंसिर २६ गते । नेपाली कांग्रसको भातृ संगठन नेपाल विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा निर्मल खत्री चयन हुनुभएको छ । विहिबार बेनीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा झलक जिसी, दिपेश घिमिरे विक, सचिवमा बिशाल खत्री, सुजता खत्री, प्रकाश सपकोटा, कोषाध्यक्षमा सनम […]
गौशालाको विकासमा २० लाख विनियोजन गर्ने सांसद गिरीको प्रतिबद्धता
विकल्प न्यूज/जलजला मंसिर २४ गते । प्रतिनिधिसभाका सांसद पदम गिरीले गौशालाको पूर्वाधार विकासका लागि २० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पर्वतको जलजला ७ मिलनचोकमा आयोजित गौमहोत्सवलाई बुधबार सम्बोधन गर्दै सांसद गिरीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आगमी आर्थिक वर्षमा संघिय सांसदले विनियोजन गर्न पाउने स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको ६ करोड […]
एक हजारभन्दा बढी शाखा अधिकृतका लागि जागिर खुल्यो
काठमाण्डौ लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूह अन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ गरी १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको हो । सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान […]
गौमहोत्सवको पाँचौ दिनसम्म सवा दुइकरोड भन्दा बढी संकलन
विकल्प न्यूज/जलजला मंसिर २४ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी किनारमा जारी गौमहोत्सवको पाँचौ दिनसम्म सवा दुईकरोड रुपैयाँ भन्दा वढी आर्थिक सकलन भएको छ । महोत्सवको पाँचौ दिन मात्रै ५१ लाख ८० हजार ८ सय ८ रुपैयाँ सकंलन भएको हो । सचिवालयले दिएको जानकारी अनुसार महोत्सवको पाँचौ दिन सम्म दुइ करोड […]
गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुन ः केसी चयन
विकल्प न्यूज/बेनी मंसिर २४ गते । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुनः रुद्रबहादुर केसी चयन हुनुभएको छ । मंगलबार गलेश्वरमा सम्पन्न कोषको छैटौ अधिवेशन तथा चौधौ कार्यकारी सभाले केसीलाई चौथो कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसै गरी उपाध्यक्षमा भिमनाथ पराजुली,सविच माधवप्रसाद रेग्मी र कोषाध्यक्ष […]
ट्याक्सी दुर्घटना हुँदा तातोपानीमा ढुबेर फर्किएका पाँचजना घाइते
विकल्प न्यूज/बेनी मंसिर २३ गते । पर्वतको अर्मादीमा ग १ ज ५२५६ नम्बरको ट्याक्सी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । म्याग्दीको तातोपानीदेखि चितवनको लागि हिडेको ट्याक्सी पर्वतको अर्मादीमा दुर्घटना भएको हो । तातोपानी डुब्नको लागि म्याग्दी आएका उनीहरु घर फर्कने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा पर्वत जलजला–६ सालिजाका ३८ बर्षिय ट्याक्सी चालक […]
आचार्य परिवारबाट गौमहोत्सवलाई १० लाख सहयोग
विकल्प न्यूज/बेनी मंसिर २२ गते । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा जारी विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव मुल आयोजक समितिका अध्यक्ष समेत रहनुभएका राजुप्रसाद आचार्यको परिवारबाट १० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । स्वर्गीय टंकनाथ आचार्यको स्मृतिमा उहाँको धर्मपत्नी प्रेमकुमारी आचार्य,छोराहरु राजु आचार्य,भिमप्रसाद आचार्य र कलाधार आचार्य र उहाँका परिबारबाट […]
गौशालाको विकासका लागि स्थानीय तहबाट ५८ लाख भन्दा बढीको प्रतिबद्धता
विकल्प न्यूज/बेनी मंसिर २२ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा जारी गौमहोत्सवको चौथो दिन जलजला गाउँपालिका र विभिन्न वडा कार्यालयबाट गौशालाको पूर्वाधार विकासमा ५८ लाख पचास हजार रुपैयाँ भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) ले गौशालामा भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटनको […]
‘तीन पटक सिलाएको जुत्ताले साग खेलेँ’
२२ मंसिर, पोखरा । एक जना गुरुले ११औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जुत्ता किनेका रहेछन्, तर प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो । करिब एक वर्ष पहिले उनै गुरुले त्यो जुत्ता नेपालकी बलवान महिला तारादेवी पुनले उपहार पाइन् । र, त्यही जुत्ता लगाएर १३ औं सागको भारोत्तोलनमा काश्य जितेकी छिन् । […]
गौमहोत्सवको तेस्रो दिनसम्म ९५ लाख संकलन
विकल्प न्यूज/बेनी मंसिर २२ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा आयोजित गौमहोत्सवको तेस्रो दिनसम्म करिब ९५ लाख रुपैयाँ संकलन भएको छ । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको प्रमुख आथित्यतामा भएको महोत्सवको तेस्रो दिन बागलुङका स्थायी ठेगना भई हाल काठमाण्डौं निवासी सफल व्यवसायी आनन्दराज भण्डारी १० लाख २७ हजार रुपैयाँ सहयोग गरी […]
जलजलामा आयोजित गौमहोत्सवको दोस्रो दिन ७० लाख संकलन
विकल्प न्यूज/बेनी मंसिर २१ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा आयोजित गौमहोत्सवको दोस्रो दिन ७० लाख रुपैयाँ संकलन भएको छ । धाइरिङ निवासी हाल बेलायतमा वासोबास गर्नुहुने एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यको परिवारले १० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरी महोत्सवको दोस्रो दिनको सभानायक बन्नुभएको हो । यसैगरी […]
गर्भवतीलाई अण्डा उपहार
ध्ुा्रबसागर शर्मा/विकल्प न्यूज मंसिर १९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट स्वास्थ चौकीमा १६ औ स्वास्थ स्वयं सेबिका दिवसको अबसर पारेर विहीवार वडा भित्रका गर्भवती महिलाहरुलाई पोषणका लागि कुखुराका अण्डा उपहार प्रदान गरिएको छ । ज्यामरुककोट स्वास्य चौकीमा गर्भ जाँच गराएका २१ जना गर्भवती महिलाहरुलाइ पोषण कार्यक्रम अन्तरगत अन्डा बितरण गरिएको बेनी […]
मिलनचोक–सल्यान–धारापानी सडक कालोपत्रे योजना सुरु
विकल्प न्यूज/बेनी मंसिर १९ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक देखि ठोटनेरी सम्मको सडक कालोपत्रे योजना सुरु भएको छ । योजनाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रम विच मिलनचोक,सल्यान,घाहाखेत धारापानी,ठोटनेरी सडकको शिलान्यास गर्नुभएको हो । मिलनचोक,सल्यान,घायखेत,धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा,लेकफाँट,रातमाटा हुँदै माझफाँट देखि पर्वत बेनी सम्म रिङरोडको अवधारणा सहित गण्डकी प्रदेश सरकारले […]