ताजा समाचार:
Search

आचार्य परिवारबाट गौमहोत्सवलाई १० लाख सहयोग

विकल्प न्यूज/बेनी
मंसिर २२ गते ।   पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा जारी विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव मुल आयोजक समितिका अध्यक्ष समेत रहनुभएका राजुप्रसाद आचार्यको परिवारबाट १० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।  स्वर्गीय टंकनाथ आचार्यको स्मृतिमा उहाँको धर्मपत्नी प्रेमकुमारी आचार्य,छोराहरु राजु आचार्य,भिमप्रसाद आचार्य र कलाधार आचार्य र उहाँका परिबारबाट उक्त रकम सहयोग गरी आचार्य परिवारलाई आइतवारको सभामहानायक बनाइएको महोत्सव सचिवालय प्रमुख मुकुन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।