ताजा समाचार:
Search

ट्याक्सी दुर्घटना हुँदा तातोपानीमा ढुबेर फर्किएका पाँचजना घाइते

विकल्प न्यूज/बेनी
मंसिर २३ गते ।

पर्वतको अर्मादीमा ग १ ज ५२५६ नम्बरको ट्याक्सी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । म्याग्दीको तातोपानीदेखि चितवनको लागि हिडेको ट्याक्सी पर्वतको अर्मादीमा दुर्घटना भएको हो । तातोपानी डुब्नको लागि म्याग्दी आएका उनीहरु घर फर्कने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा पर्वत जलजला–६ सालिजाका ३८ बर्षिय ट्याक्सी चालक मखन बहादुर पुर्जा, नवलपुर कावासोनीका १५ का ६७ बर्षिय बेदनारायण श्रेष्ठ, नवलपुर कावासोनी १५ बस्ने ६२ बर्षिय दुर्गा श्रेष्ठ, चितवन जगलपुर–२३ बस्ने ५० बर्षिय अनु श्रेष्ठ र ५९ बर्षिय मित्र कुमारी श्रेष्ठ घाईते भएका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।