ताजा समाचार:
Search

गौमहोत्सवको पाँचौ दिनसम्म सवा दुइकरोड भन्दा बढी संकलन

विकल्प न्यूज/जलजला
मंसिर २४ गते ।  उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी किनारमा जारी गौमहोत्सवको पाँचौ दिनसम्म सवा दुईकरोड रुपैयाँ भन्दा वढी आर्थिक सकलन भएको छ । महोत्सवको पाँचौ दिन मात्रै ५१ लाख ८० हजार ८ सय ८ रुपैयाँ सकंलन भएको हो । सचिवालयले दिएको जानकारी अनुसार महोत्सवको पाँचौ दिन सम्म दुइ करोड २२ लाख ८८ हजार सातसय ७० रुपैयाँ सकंलन भएको छ ।

गण्डकी गोपाल गौशालाको आयोजनामा आयोजित गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको पाँचौ दिन रिजाल परिवारबाट ११ लाख ११ हजार एकसय ११ रुपैयाँ दान गर्नुभएको छ । जलजला ७ केराबारी निवासी तथा महोत्सव मुल आयोजक वरिष्ठ उपाध्यक्ष डण्डपाणी रिजाल,मुक्तिराम,हिमलाल, महानन्द, लगायत सम्पूर्ण रिजाल परिवारबाट स्वार्गीय बुबा/आमाको स्मृतिमा उक्त रकम दान गरी सभाको महानायक बन्नुभएको सचिवालयले जनाएको छ ।
यसै गरी जलजला ७ मिलनचोक निवासी मुल आयोजक समितिका उपाध्यक्ष शिव जिसीको परिवारबाट स्वर्गीय हजुरबुवा खड्क सिंह घर्ती क्षेत्री, हजुर आमा सरस्वती घर्ती क्षेत्रीको स्मृतिमा पाँच लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ र जलजला ७ का ओमनारायण जसीको परिवारले पाँचलाख पाँच हजार पाँचसय ५५ रुपैयाँ दान गरी सभाको नायक बन्नुभएको हो । दानविरहरुलाई मुलक आयोजक समिति र स्वामी कमलनयन आचार्यले सम्मान गर्नुभएको थियो । यस्तै महोत्सवको पाँचौ दिन कुश्मा नगरपालिकाले ११ लाख एक हजार एकसय ११ रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।गौमहोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंसिर १९ गते उद्घाटन गर्नुभएको थियो । महोत्सव मंसिर २६ गते सम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । गौशालालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित नेपालमै पहिलो पटक गौमहोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका महासचिव आचार्यले बताउनुभयो ।गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । महोत्सवमा स्वामी कमलनयन आचार्य,सुदर्शन बराल लगायत पण्डितहरुले धार्मिक प्रवचन गरिरहनुभएको छ । प्रत्येक दिन साझपख गंगा आरती र बेलुका भजनकृतन गरिएको छ । महोत्सवमा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ । स्वामी आचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।