राष्ट्रिय समाचार

नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण

१३ माघ, काठमाडौं । नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । योसंगै […]

हेर्नुहोस् परिश्रमी नरबहादुर थापाको बाख्रापालन व्यवसाय (भिडियो)

विकल्प न्यूज/बेनी माघ १३ गते । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले बोयर जातको बाख्रापालन गर्नुभएको छ । निसान बोयर बाख्रा फार्म दर्ता गरी थापाले व्यवस्थित रुपमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । ३९ वर्षीय थापा इराकमा पाँचवर्ष विताई नेपाल फर्किएर बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । पहिला खरिजातका बाख्रा पाल्नुभएका थापाले दुइवर्ष अगाडिबाट […]

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

१३ माघ, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘जिल्ला […]

म्याग्दीको पश्चिम भेगका ७ स्थानमा पक्की पुल बन्दै

ठाकुरप्रसाद आचार्य/बेनी माघ १३ गते । जिल्लाको पश्चिम भेगका वस्तीहरुलाई जोड्ने गरी धमाधम पक्की पुलहरु निर्माण हुनथालेका छन् । संघिय र प्रदेश सरकारले गरी म्याग्दीखोला भेगका ७ स्थानमा मोटरेबल पुल बन्न थालेका हुन । केही वर्ष भित्र ति स्थानहरुमा पक्की पुल निर्माण भई वस्तीहरु सडक सञ्जालसँग सिधा जोडीने छन् । संघीय सरकार अन्तर्गत रहेको सडक […]

मानबमुत्रको प्रयोगले अर्मनमा बढ्यो सुन्तलाको उत्पादन

अमित विश्वकर्मा/बेनी माघ १२ गते । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका हुन । अर्मनमा करिब ५० […]

म्याग्दी जेसीजको अध्यक्षमा सुजन बरुवाल निर्वाचित

विकल्प न्यूज/बेनी माघ ११ गते ।  म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष बेनीका सुजन बरुवाल निर्वाचित हुनुभएको छ । अध्यक्ष चयनका लागि शनिबार जेसिज सचिवालयमा भएको मतदानमा बरुवालले ४१  मत प्राप्त गरी बिजयी भएको निर्वाचन समितिका आयुक्त कमल विश्वकर्माले जानकारी दिनुभयो । बरुवालका प्रतिस्पर्धी शैलेश श्रेष्ठले १३ मत प्राप्त गर्नुभएको छ । एक मत बदर भएकाे […]

म्याग्दी जेसीजको अध्यक्ष चयनका लागि भएको मतदान सम्पन्न (भिडियो \फोटो सहित)

विकल्प न्यूज/बेनी माघ ११ गते ।    म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । शनिबार जेसिज सचिवालय बेनीमा मतदान सम्पन्न भएको हो । ६० सदस्य रहेको जेसिजमा ५५ जनाले मतदान गरेको निर्वाचन आयुक्त कमल विश्वकर्माले बताउनुभयो । सर्वसम्मत रुपमा थालिएका प्रयासहरु विफल भएपछि पहिलोपटक मतदानद्धारा अध्यक्ष चयनको प्रक्रिया […]

म्याग्दी जेसीजको इतिहासमा अध्यक्ष चयनका लागि पहिलोपटक आज मतदान हुँदै

विकल्प न्यूज/बेनी माघ ११ गते ।   म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष चयनका लागि सर्वसम्मत रुपमा थालिएका प्रयासहरु विफल भएपछि पहिलोपटक मतदानद्धारा अध्यक्ष चयनको प्रक्रिया थालिएको छ । अध्यक्षका दुई प्रतिस्पर्धी सुजन बरुवाल र शैलेश श्रेष्ठका विच आज मतदान हुन लागेको हो । गत पुस २६ गते आयोजना गरिएको २१ औं वार्षिक साधारणसभा तथा […]

माघ १६ देखि नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव

विकल्प न्यूज/बेनी माघ ९ गते ।   सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको तयारीका लागि म्याग्दीको नारच्याङमा पर्यटन महोत्सवको आयोजना गरिएको छ । अन्नपूर्ण गाउपालिकाले विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको […]

जापानबाट फर्केर करोड लगानीमा रत्नेचौरमा पशुपालन (भिडियो)

विकल्प न्यूज/बेनी माघ ८ गते । बागलुङ बजारवासी सुनिल श्रेष्ठले बेनी नगरपालिका १ रत्नेचौरमा एककरोड रुपैयाँ भन्दा वढी लगानी गरेर व्यवस्थित रुपमा पशुपालन फार्म सञ्चालनमा ल्याउनुभएको छ । रोजगारीको शिलशिलामा जापान पुग्नुभएका श्रेष्ठ भिषा नसकिँदै दुइवर्षमा स्वदेश फर्किएर पशुपालन व्यवसाय सुरु गर्नुभएको हो । जापानमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने सोचले स्वदेश फर्किएको उहाँले बताउनुभएको […]

बेनीको मंगलाघाटका दुई युवा लागूऔषध सहित पक्राउ

विकल्प न्यूज/बेनी माघ ७ गते । बेनी नगरपालिका ७ मंगलाघाटका दुई युवा लागूऔषध सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मगलाघाट बस्ने वर्ष २५ का मनोज खत्री र वर्ष २२ का आशिष खत्री रहेको प्रहरीले जनाएको छ । उनीहरुले लागूऔषधको बेचविखन […]

जलजला गाउँपालिकामा बुझायो नेकपाले ज्ञापन–पत्र

साजन परियार/जलजला माघ ६ गते ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जलजला गाउँपालिका कमिटिले जलजला गाउँपालिकाको कार्यालय लामाखेत पर्वतमा सोमबार ज्ञापन –पत्र बुझाएको छ । पार्टीको पालिका कमिटि अध्यक्ष दिपक आचार्य सहितको टोलीले गाउँपालिका उपाध्यक्ष सिमा गर्बुजालाई ज्ञापन – पत्र बुझाएको हो । गाउँपालिकाबाट प्रवाह हुने सेवाप्रवाह,विकास निर्माण र जनताको सरोकारका विषयहरुलाई समेटेर ज्ञापनपत्र बुझाएको पालिका कमिटि अध्यक्ष […]

गलेश्वरमा निर्माण हुने सामुदायिक भवनको सांसद थापाद्धारा शिलान्यास

विकल्प न्यूज/बेनी माघ ४ गते ।   जिल्लाको पवित्र धार्मिक स्थल गलेश्वरधाममा सामुदायिक भवन निर्माण सुरु गरिएको छ । शनिबार प्रतिनिधिसभाका सांसद भुपेन्द्र वहादुर थापाले भवनको शिलान्यास गर्नुभएको छ । चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट नयाँ सामुदायिक भवन निर्माण गर्न लागिएको हो । बेनी नगरपालिका मार्फत कार्यान्वयन […]

मोना हङकङ महिला विभागद्धारा म्याग्दीका ६ जना अनाथ विद्यार्थीलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी माघ ४ गते ।     म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्रमका अवसरमा संकलन भएको तिनलाख […]

मोना हङकङ ट्रष्टद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय पुरस्कृत

विकल्प न्यूज/बेनी माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले स्थापना गरेको मोना हङकङ ट्रष्ट फण्डद्धारा २०७४ र २०७५ सालको एसईई परिक्षामा सहभागि भई उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका छात्रछात्रा र उनीहरुले अध्ययन गरेको विद्यालयलाई पुरस्कृत गरेको छ । शनिबार मोना हङकङ ट्रष्ट फण्डद्धारा बेनीमा आयोजित कार्यक्रम विच प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र […]