राष्ट्रिय समाचार
कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट
१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत वर्षको भन्दा करिव ५० करोड कम आकारको बजेट ल्याएका हुन् । सोमबार प्रदेशसभामा बजेट पेश गरिएको बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ […]
क्वारेण्टिन लैजाँदै गर्दा पर्वतको चुवा भीरमा हाम फालेका युवाको मृत्यु
पर्वत- क्वारेन्टिनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेर गम्भिर घाइते भएका युवाको पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अबस्थामा भीरबाट हाम फालेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतले […]
उपचार गर्न लैजाँदा बाटैमा बितेका व्यक्तिको रिपोर्ट नेगेटिभ
असार १, २०७७ पर्वत : कोरोना सङ्क्रमित आशङ्का गरिएका पर्वतका एकजना पुरुषको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कुस्मा नगरपालिका ४ का ४५ वर्षीय पदमबहादुर परियार दुई वर्षदेखि कलेजोसम्बन्धी समस्याबाट पीडित थिए। शनिबार स्वास्थ्य समस्या बढेपछि पोखरा लैजाँदै गर्दा उनको निधन भएको थियो। मृत्युअघि उनमा कोरोनासँग मिल्दो लक्षण देखिएका कारण नमुना परीक्षणका लागि पर्वत अस्पतालमा लगेर स्वाब निकालिएको थियो। […]
सुदूरपश्चिममा परीक्षणविनै २६ जना कोरोन संक्रमित डिस्चार्ज
१ असार, डोटी । कोरोनाको लक्षण नदेखिएको भन्दै सुदूरपश्चिम विभिन्न ठाउँबाट २६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा सेती प्रादेशिक अस्पतालबाट १५ जना रहेका छन् । यस्तै महाकाली अस्पतालबाट चार […]
पहिरोमा ज्यान गुमाएका ८ जनाको सामूहिक अन्त्येष्टि हुँदै
असार १, २०७७ पर्वत : पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालवारिमा शनिबार राति आएको पहिरोमा परी मृत्यु भएकाहरूमध्ये ६ जनाको सोमबार सामूहिक अन्त्येष्टि गरिने भएको छ। पहिरोमा परी मृत्यु भएकाहरूमध्ये एउटै परिवारका ५८ वर्षका तुल बहादुर थापा उनकी ५२ वर्षीया श्रीमती मीनकुमारी थापा, छोरातर्फmका नाति १७ वर्षीय विवेक थापा, नातिनी ११ वर्षीया बिबिशा थापा र […]
कोरोना संक्रमित एक हप्तादेखि फरार, प्रशासनलाई समेत छैन जानकारी
असार १, २०७७ कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आइसोलेसनबाट एक कोरोना सङ्क्रमित फरार भएका छन्। आएशा गल्स कलेज झण्डीनगरमा रहेको आइसोलेसनमा २ दिन बसे पछि रातको समयमा भागेका हुन। उनी जेठ २३ गते कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो। दुई दिन आइसोलेसनमा बसे पछि जेठ २५ गतेबाट फरार रहेको कृष्णनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अनिल […]
सरकारी कार्यालय साेमबारबाट खुले
काठमाडौँ, असार १ गते । कोरोना भाइरस रोग (कोभिड–१९) नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेको ८३ दिनपछि सोमबारदेखि सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुँदै छ । बन्दाबन्दीले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी सरकारले खुलाउन लागेको हो । मन्त्रिपरिषद्ले गत साता नै […]
कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
३२ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक […]
कैलालीमा एक कोरोना संक्रमित भेन्टिलेटरमा
३२ जेठ कैलाली । कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको स्वास्थ्यमा जटिल समस्या देखिएपछि सेती प्रादेशिकको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका ७ का ४३ बर्षीय पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको सेती अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । विगत दुई दिनदेखि धनगढीकै नवजीवन अस्पतालको आईसीयूमा उपचाररत उनलाई संक्रमण पुष्टि भएपछि अस्थायी […]
कक्षा ११ को परीक्षा पनि नलिन नेविसंघको माग
३२ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा ११ को परीक्षा पनि नलिन सरकारसँग माग गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुजाउँदै नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको हो । कक्षा १२ को परीक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विद्यालयले […]
दुर्घटनामा परी प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको मृत्यु
जेठ ३२, २०७७ नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा सवार कार दुर्घटनामा परेको छ। दुर्घटनामा परी गाउँपालिका अध्यक्ष शर्माको मृत्यु भएको छ। गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा करिब ११ बजेतिर उनी सवार गाउँपालिकाको लु१झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको उपचारमा ज्यान […]
आज नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज चार बजे बस्ने भएको छ । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ । बैठकमा नेता भीम रावल, मन्त्रीहरु युवराज खतिवडा र प्रदीप ज्ञवालीलाई पनि सहभागी गराइने नेकपाका एक नेताले जानकारी दिएका छन् । यस अघि जेठ २७ बोलाइएको बैठक […]
लकडाउन मोडालिटी बदलेपछि उपत्यका प्रवेशमा थप कडाइ
जेठ ३२, २०७७ काठमाडौं : सरकारले लकडाउन खुकुलो गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरूमा थप कडाइ गरेको छ। अत्यावश्यक सेवाका सवारीसाधन, खाद्यान्न, एम्बुलेन्स र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका बाहेक अन्य सवारीसाधनहरूलाई काठमाडौं प्रवेशमा कडाइ गरिएको हो। उपत्यका बाहिरका जिल्लामा कोरोना संक्रमित संख्या बढेपछि उपत्यका प्रवेश गर्ने मुख्य ६ नाकामा कडाइ गरिएको हो। काठमाडौं उपत्यका […]
प्रदेश २ मा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
३२ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा प्रदेश २ का थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण पुष्टि भएको हो । शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो । […]
पर्वतको दुर्लुङमा भीषण पहिरो: चार जनाको शब भेटियो
पर्वत, जेठ ३२ गते । पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङमा शनिबार साँझ बर्षा पछि गएको भिषण पहिरोमा परि चारजनाकाे ज्यान गएको छ । भने पाँचजना अझै वेपत्ता भएका छन । दुर्लुङको काउले ढकालबारीमा गएको पहिरोले २ घर बगाएको छ । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले दिएको जानकारी अनुसार […]