आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं –

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज चार बजे बस्ने भएको छ । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।

बैठकमा नेता भीम रावल, मन्त्रीहरु युवराज खतिवडा र प्रदीप ज्ञवालीलाई पनि सहभागी गराइने नेकपाका एक नेताले जानकारी दिएका छन् ।

   यस अघि जेठ २७ बोलाइएको बैठक स्थगित गरिएको थियो ।

एमसीसीलाई लिएर विवाद बढेपछि गत जेठ १७ गते पनि नेकपा सचिवालय बैठक बसेको थियो । तर यस विषयलाई नेकपाले कुनै निर्णय गर्न सकेको छैन । ratopati