ताजा समाचार:
Search

पर्वतको दुर्लुङमा भीषण पहिरो: चार जनाको शब भेटियो

पर्वत, जेठ ३२ गते । 

पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङमा शनिबार साँझ बर्षा पछि गएको भिषण पहिरोमा परि चारजनाकाे ज्यान गएको छ । भने पाँचजना अझै वेपत्ता भएका छन ।

दुर्लुङको काउले ढकालबारीमा गएको पहिरोले  २ घर बगाएको छ । 

घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले दिएको जानकारी अनुसार अाईतबार विहान सम्म चारजनाकाे शव भेटिएको छ । पाँच जना अझै वेपत्ता छन ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वत, शसस्त्र प्रहरी गण कुस्मा र नेपाली सेनाको उद्दार टोली  राति नै पुगेको थियाे ।

स्थानियबासी र सुरक्षाकर्मीले उद्दारको काम गरिरहेका छन । घटनाका बारेमा थप बिबरण भने उपलब्ध हुन सकेको छैन ।

तस्विरहरू सागर गिरि