कैलालीमा एक कोरोना संक्रमित भेन्टिलेटरमा

३२ जेठ कैलाली ।

कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको स्वास्थ्यमा जटिल समस्या देखिएपछि सेती प्रादेशिकको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

जिल्लाको गोदावरी नगरपालिका ७ का ४३ बर्षीय पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको सेती अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

विगत दुई दिनदेखि धनगढीकै नवजीवन अस्पतालको आईसीयूमा उपचाररत उनलाई संक्रमण पुष्टि भएपछि अस्थायी कोरोना अस्पतालमा ल्याएर उपचार भइरहेको श्रेष्ठले जानकारी दिए ।

‘उहाँलाई स्वासप्रश्वासमा समस्या छ’ उनले भने ‘अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ ।’ उनी बस चालक रहेको गोदावरी नगरपालिकाले जनाएको छ ।online khabar