कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट

१ असार, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत वर्षको भन्दा करिव ५० करोड कम आकारको बजेट ल्याएका हुन् ।

सोमबार प्रदेशसभामा बजेट पेश गरिएको बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको छ । बजेटमा आगामी आर्थिक वर्ष करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य छ । online khabar