Breaking News
रघुगंगामा नेपाली काँग्रेस विजयी
विकल्प न्युज / बेनी जेठ २ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उमेद्वार विजयी भएका छन् । काँग्रेसका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । भण्डारी दोस्रो कार्यकालका […]
मालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा विजयी
विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । आइतबार दिउसो सम्पन्न मतगणना अनुसार अध्यक्षमा बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा लक्ष्मि देवी पुन विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गर्बुजाले ३०९१ र उपाध्यक्षले ३१६७ मत प्राप्त गर्नुभएको छ । यसैगरी […]
गठबन्धनलाई पराजित गर्दै जलजला ४ मा नेकपा एमाले विजयी
विकल्प न्यूज/जलजला जेठ १ गते । पर्वतको जलजला गाउँपालिका ४ नम्बर वडामा मा नेकपा एमाले विजयी भएको छ । आइतबार विहान वडाको सम्पन्न मतगणना अुनसार एमालेका भरत क्षेत्रले ६७९मत प्रााप्त गरि विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका भिष्म मल्लले ४९० मत ल्याउनु भयाे । यसैगरी महिला सदस्यमा बवि सुवेदी,दलित महिला सदस्यमा […]
म्याग्दीका १५ वडामा मतगणना सम्पन्न ः नेकपा एमालेको अग्रता
विकल्प न्युज/ बेनी जेठ १ गते । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वडाहरुमध्ये १५ वटा वडाको मतगणना सम्पन्न भएको छ । आइतबार बिहानसम्म सार्वजनिक भएको वडाहरुको मतपरिणाम अनुसार ७ वटा वडामा नेकपा एमालेले जित हाँसिल गरेर पहिलो बनेको छ भने नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले २ वटा वडामा विजय प्राप्त गरेका छन् […]
मालिका ४ को वडा अध्यक्षमा कांग्रेसका भेजेन्द्रमान पुन बिजयी
विकल्प न्युज/ बेनी वैशाख ३१ गते । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा भेजेन्द्रमान पुन बिजयी भएका छन् । शनिबार साँझ सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार वडा अध्यक्षका उम्मेद्वार ४२९ मत लिएका छन् । प्रतिद्धन्दी माओवादीका रेशम पुनले ३६८ ,एमालेका गोपाल कंडेलले २०७ र मंगोलका दलप्रसाद पुनले ६ मत […]
मालिका २ रुमको वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी
बेनी, ३१ बैशाख । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् । वडाअध्यक्षमा उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । रुममा वडासदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका मगरले ६१५ ,माओवादीका हर्कलाल दर्जीले […]
पर्वतको जलजला २ मा एमालेको प्यानल नै विजयी
विकल्प न्यूज/जलजला बैशाख ३१ गते । नेकपा एमालेले जलजला २ मल्लाजमा पनि जित हासिल गरेको छ । एमालेका उम्मेदवार प्रकाश जिसी भारी मतन्तरका साथ विजयी हुनुभएको हो । शनिबार साँझ सम्पन्न वडाको मतगणना अनुसार वडा अध्यक्षका उम्मेदवार जिसीले ६४५ र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोविन्द खत्रीले ४०२ मत प्राप्त गर्नुभएको छ । यसैगरी महिला […]
अन्नपूर्ण १ दोबामा नेकपा एमालेको प्यानल विजयी
विकल्प न्यूज/बेनी बैशाख ३१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, १ दोवाको मत गणना सकिएको छ । सार्वजनिक मतपरिणाम अनुसार एमालेका दिलिपकुमार गर्वुजा ३ सय ३२ मत लिएर प्यानलै विजयी भएका छन । निर्वाचन अधिकृत जानुकार सुवेदीका अनुसार अन्नपूर्ण गाउँपालिका, १ दोवाको अन्तिम मत गणना गर्दा पालिका अध्यक्षमा एमालेका भरतकुमार पुनले ३ सय ४१, र उपाध्यक्षमा […]
रघुगंगा १ बेगखोलामा नेपाली काँग्रेसका विल बहादुर फगामी सहित प्यानल विजयी
विकल्प न्यूज/बेनी बैशाख ३१ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा नेपाली काँग्रेसका विल बहादुर फगामी विजयी हुनुभएको छ । शनिबार दिउसो सम्पन्न वडाको मतगणनामा फगामीले चार सय ३२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका धनबहादुर गर्बुजाले ३ सय ५४ मत प्राप्त गनुभयो । यसैगरी पालिकाका अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर […]
मालिका १ निस्कोटमा नेपाली काँग्रेस विजयी
विकल्प न्यूज/बेनी बैशाख ३१ गते । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा नेपाली काँग्रेसका उम्मेदवार टंकप्रसाद पुन विजयी हुनुभएको छ । शनिबार विहान सम्पन्न वडा नम्बर १ को मत गणनामा टंकप्रसाद पुनले ४६२ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेद्वार बुद्धीबहादुर पुनले ४०७ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार […]
म्याग्दीमा बेनी नगर सहित पाँच स्थानीय तहमा मतगणना सुरु
ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३१ गते । म्याग्दीको बेनी नगरपालिका सहित जिल्लाका पाँच स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिकामा भर्खर मतगणना सुरु भएको छ । शनिबार विहान सर्वदलीय वैठक बसेपछि जिल्ला समन्वय समतिको सभाहलमा वडा नम्बर १ रत्नेचौरबाट मतणना थालिएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । यस्तै जिल्लाका मंगला,मालिका,रघुगंगा […]
जलजला १ बासखर्कमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी
विकल्प न्यूज/जलजला बैशाख ३१ गते । पर्वतको जलजला गाउँपालिका १ बासखर्कमा नेकपा एमाले विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार जकबहादुर रोकाले २ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जगत बहादुर केसीले दुई सय ७ मत प्राप्त गर्नुभएको छ । जम्मा खसेको मत ः ६२१ ः […]
म्याग्दीमा ५६ हजार ५८३ जनाले गरे मतदान
विकल्प न्यूज/बेनी बैशाख ३० गते । म्याग्दीको स्थानीय तहमा मतदान सम्पन्न भएपछि मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको छ । आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधिमा मतदान सकिएलगत्तै मतपेटिका संकलन भइरहेको म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार म्याग्दीमा ८५ हजार ३ सय […]
म्याग्दीमा मतदान शान्तिपूर्ण रुपमा सकियो ः मतपेटिका संकलन सुरु
विकल्प न्यूज/बेनी बैशाख ३० गते । म्याग्दीका सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । पाँचबजे मतदान सकिएर अहिले मतगणना स्थल तर्फ मतपेटीका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानको समय सकिएसँगै जिल्लाका ६ वटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भइरहेको छ। मत पेटीका ल्याएपछि भोली विहान […]
म्याग्दीका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३० गते । म्याग्दीका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । स्थानीय तहको निर्वाचनका लागि आज शुक्रबार मतदान हुँदै छ । जिल्लामा रहेका ७४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्रमा विहानै देखि मतदाताहरुको उत्साहपूर्ण सहभागिता […]