गठबन्धनलाई पराजित गर्दै जलजला ४ मा नेकपा एमाले विजयी

विकल्प न्यूज/जलजला
जेठ १ गते । पर्वतको जलजला गाउँपालिका ४ नम्बर वडामा मा नेकपा एमाले विजयी भएको छ । आइतबार विहान वडाको सम्पन्न मतगणना अुनसार एमालेका भरत क्षेत्रले ६७९मत प्रााप्त गरि विजयी हुनुभएको हो ।

उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका भिष्म मल्लले ४९० मत ल्याउनु भयाे ।

यसैगरी महिला सदस्यमा बवि सुवेदी,दलित महिला सदस्यमा सप्रभा परियार,खुल्ला सदस्यहरुमा तेजबहादुर नेपाली र बेलबहादुर जिसी विजयी हुनुभएको छ ।अघिल्लो निर्वाचनमा यो वडामा नेपाली काँग्रेसले जितेको थियो ।

काँग्रेसको गढ मानिएको मल्लाज क्षेत्रमा यसपाली एमालेले काँग्रेसको गढ भत्काएको छ । नेकपा एमालेले १,२ र ३ नम्बर वडा यसअघि नै प्यानल सहित जितेको छ ।

पालिका अध्यक्ष एमाले ६७५ ,उपाध्यक्ष ७३९, काँग्रेस ४८२ उपाध्यक्ष ३७४ मत ल्याएका छन ।