मालिका १ निस्कोटमा नेपाली काँग्रेस विजयी

विकल्प न्यूज/बेनी
बैशाख ३१ गते ।

म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा नेपाली काँग्रेसका उम्मेदवार टंकप्रसाद पुन विजयी हुनुभएको छ । शनिबार विहान सम्पन्न वडा नम्बर १ को मत गणनामा टंकप्रसाद पुनले ४६२ मत प्राप्त गर्नुभएको छ ।

एमालेका उम्मेद्वार बुद्धीबहादुर पुनले ४०७ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा अध्यक्ष टंकप्रसाद पुनको प्यानल विजयी भएका छन् ।

यस्तै माओवादी केन्द्रका तिलक पुनले ९८, राप्रपाका समबबहादुर घर्तिले १० र मंगोल नेशनलका कुशल पुनले २९ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार कांग्रेसका श्रीप्रसाद रोका मगरलाई ४१८ ,एमालेका बेगप्रसाद गर्बुजालाई ३९३ ,माओवादीका रेशमबहादुर जुग्जालीलाई १५६ र मंगोल नेशनलका खमबहादुर रोकालाई २८ मत प्राप्त भएको छ ।

एक हजार ६३ मत खसेकोमा २१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात बजेदेखी मत गणना सुरु भएको थियो ।