रघुगंगा १ बेगखोलामा नेपाली काँग्रेसका विल बहादुर फगामी सहित प्यानल विजयी

विकल्प न्यूज/बेनी
बैशाख ३१ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा नेपाली काँग्रेसका विल बहादुर फगामी विजयी हुनुभएको छ । शनिबार दिउसो सम्पन्न वडाको मतगणनामा फगामीले चार सय ३२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका धनबहादुर गर्बुजाले ३ सय ५४ मत प्राप्त गनुभयो ।

यसैगरी पालिकाका अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर भण्डारीले ४३४,नेकपा एमालेका प्रेम कार्कीले ३ सय ४२ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा नेपाली काँग्रेसकी प्रेमकुमारी पुनले ४३७ र एमालेकी यामकुमारी गर्बुजाले ३५४ मत प्राप्त गर्नुभएको छ ।

वडामा नेपाली काँग्रेस प्यानलनै विजय भएको छ । महिला सदस्य सेमिता पुनले ४२७,दलित महिला सदस्य ४२८,खुल्ला सदस्यहरु बलमान गौचन ४१५ र भक्त बहादुर पुनले ४०५ ले विजयी हुनुभएको छ ।