मालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा विजयी

विकल्प न्यूज\बेनी
जेठ १ गते ।

  म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । आइतबार दिउसो सम्पन्न मतगणना अनुसार अध्यक्षमा बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा लक्ष्मि देवी पुन विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गर्बुजाले ३०९१ र उपाध्यक्षले ३१६७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार श्रीप्रसाद रोकाले २९७० र उपाध्यक्ष पिपला बुढाले ३१३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको गोविन्द उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार रेशम जुग्जालीले २१२५ र उपाध्यक्षका उम्मेदवार गौरी सेञ्चुरीले १७८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेसले वडा नम्बर १ मा टंक पुन, २ मा एमालेका उदयबहादुर वुढाथोकी, ३ मा माओवादीका मोतीप्रसाद बुढा, ४ मा काँग्रेसका भेजेन्द्रमान पुन,५ मा काँग्रेसका मिन पुन,६ मा एमालेका पथबहादुर रोका र ७ मा एमालेका टकबहादुर पुन विजयी हुनुभएको छ ।