Breaking News
१ लाख १५ हजार म्यादी भर्ना गर्दै नेपाल प्रहरी
काठमाडौं, भदौ २६ गते । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको […]
मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन निर्वाचित
विकल्प न्यूज\बेनी भदौं २५ गते । नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन ’लोकेश’ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको जिल्ला समन्वय समितिको आठौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा खम थापा, सचिव हिराबहादुर पुन, कोषाध्यक्ष विष्णुकुमारी रोका, सह–सचिव रमेश फगामी रहेका छन् । त्यसैगरी कार्यसमितिको सदस्यहरूमा हिराबहादुर पुन, तिलक पुन, अंकित पुन, मिलन रोका,टंकसरा राना,रामदेवी […]
स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा दोस्रो स्थानमा
विकल्प न्यूज/बेनी भदौं २२ गते । स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा उत्कृष्ट स्वास्थ्य कार्यालयहरु मध्ये दोस्रो स्थानमा घोषित भएको छ । आर्थिक बर्ष २०७८/२०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न जनस्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाहरु मध्ये स्वास्थ्य कार्यालय म्याग्दीले दोस्रो स्थान हासिल गरेको हो । जनस्वास्थ्य सेवाका सुचकहरु साथसाथै […]
बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित
विकल्प न्यूज/बेनी भदौं २२ गते । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ वटा जिल्ला अस्पतालहरु मध्ये बेनी अस्पताल म्याग्दीले ७८५ सहित प्रथम स्थान हासिल गर्न सफल भएको अस्पताल व्यवस्थापन […]
धाइरिङको सल्यान फाँटमा धान खेतको हरियाली (फोटो)
विकल्प न्यूज/जलजला भदौं २२ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यानको हरियाली धानखेतको फाँट । सिँचाई सुविधा भएको यो फाँटमा धानखेती राम्रो हुन्छ । हिउदमा तरकारीले भरिने यो फाँटमा वर्खायाममा किसानहरुले धान रोप्ने गर्दछन् । सल्यानको फाँटमा किसानहरुले स्थानीय जातको धान खेती गर्दछन् । तस्विर ठाकुरप्रसाद आचार्य
धवलागिरि गाउँपालिकामा १३ जलविद्युत आयोजना
ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), भदौ १९ गते । म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ । यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर […]
गण्डकी प्रदेश स्तरिय भलिबल : महिला भलिबलमा म्याग्दी च्याम्पियन
विकल्प न्यूज\पोखरा भदौं १९ गते । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन भएका छन् । पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङजालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । लिग खेलमा तनहुँसंग पराजय भोगेको नवलपुरले सेमीफाइनलमा कास्कीलाई २५–१७, ३१–२९ र […]
मगर भाषाको संरक्षण गर्न सिंगामा एकमहिने प्रशिक्षण
विकल्प न्यूज\बेनी भदौं १७ गते । बेनी नगरपालिका– ४ सिंगामा एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगर जातीको लोप हुदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले वडा कार्यालय र नेपाल मगर संघ सिंगा तातोपानी एकाईको आयोजनामा एक महिने भाषा प्रशिक्षण कार्यक्रम गरिएको थियो । सिंगाको सोता, तल्लो बजार र उपल्लो बजार गरी ३ […]
म्याग्दीमा काँग्रेसबाट प्रतिनिधिसभामा तीनजनाको नाम सिफारिस
विकल्प न्यूज\बेनी भदौं १७ गते । आगमी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीले आकांक्षीहरुको नाम सिफारिस गरेको छ । शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य समितिको बैठकमा उम्मेदवार बन्न आकांक्षा राखेका व्यक्तिहरुको नाम प्रदेश समितिमा […]
म्याग्दीमा काँग्रेसबाट कसले पाउला संघको टिकट ?
विकल्प न्यूज/बेनी भदौं १६ गते । आगमी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीमा उम्मेदवारको चर्चा हुनथालेको छ । केन्द्रमा सत्ता गठबन्धनमा आवद्ध दलहरुकाबीच सिट बाँडफाँडको छलफल चलिरहँदा म्याग्दीमा काँग्रेस भित्र पनि आगमी निर्वाचनका लागि उम्मेदवारका वारेमा छलफल सुरु भएको हो । प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दी […]
प्रदेश समितिबाट काँग्रेसका उम्मेदवार सिफारिस
विकल्प न्यूज/बेनी भदौं १४ गते । आसन्न मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवार सिफारिस थालेको छ । काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र समितिको वैठकले जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेर जिल्ला समितिलाई पठाएको छ । सोमबार बेनीमा भएको प्रदेश क को भेलाले प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम […]
हाडेभीरमा सुख्खा पहिरो(फोटो)
विकल्प न्यूज/बेनी भदौं १० गते । बेनी नगरपालिका २ स्थित हाडेभीरमा शुक्रबार सुख्खा पहिरो खसेको छ । पहिरोका कारण बेनी –बागलुङ सडक अवरुद्ध बनेको छ । केही दिनयता यस खुल्ला मञ्च पारिपट्टी निरन्तर पहिरो खसिरहेको छ । दुईदिन अघि पनि पहिरो खसेर दुई जना पैदल यात्री घाईते भएका थिए । जोखिम बढेपछि शुक्रवार दिउसो देखि […]
नवौं राष्ट्रिय खेलकुद ः बेनीमा महिला भलिबल प्रतियोगिताको प्रस्ताव
विकल्प न्यूज/बेनी भदौं ९ गते । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलबल प्रतियोगिताको आयोजन ागर्न प्रस्ताव गरिएको छ । म्याग्दी जिल्ला भलिबल संघ र जिल्ला खेलकुद समिति म्याग्दीले संयुक्त रुपमा उक्त प्रस्ताव गरेका हुन । म्याग्दीबाट खेलकुद प्रतियोगिताको प्रस्ताव गरिएपछि नवौं राष्ट्रिय खेलकुद परिषदको प्राविधिक टोलीले विहिवार प्रतियोगिताको संभावनाका वारेमा स्थलगत […]
बेनीका सुजन केसीले बनाए कोरियामा व्याट्रीबाट चल्ने गाडी
ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं ९ गते । रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका ६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँचमहिना देखि निरन्तर गरेको कोशिसपछि चार पाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो । विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा व्याट्री जडान गर्नुभएको छ । तिनदेखि चार घण्टा विद्युत चार्ज […]
१४ करोड रुपैयाँ खर्चिदै ः दरबाङ–धारापानी सडक स्तरोन्नति
ठाकुरप्रसाद आचार्य/बेनी भदौं ९ गते । बादिकाको भीरबाट तल दाङखोला तर्फ आउँदै गरेको जीप । यो स्थानमा भीर काटेर सडक बनाउन वाँकी रहेको छ । मालिका गाउँपालिकाको केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र जोड्ने दरबाङ देखि धारापानी सम्म सडक स्तरोन्नतिको काम भइरहेको छ । दुईवर्ष अघि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १४ करोड ३८ लाख रुपैयाँमा […]