प्रदेश समितिबाट काँग्रेसका उम्मेदवार सिफारिस

विकल्प न्यूज/बेनी
भदौं १४ गते ।

आसन्न मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवार सिफारिस थालेको छ । काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र समितिको वैठकले जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेर जिल्ला समितिलाई पठाएको छ ।
सोमबार बेनीमा भएको प्रदेश क को भेलाले प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या.मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र समानुपातिक तर्फ विमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएको हो ।

त्यस्तै क्षेत्र ख को सोमबार दरवाङ बसेको भेलाले संघको समानुपातिकमा युवा नेता श्रीप्रसाद रोकामगरलाई सिफारिस गरेको छ । त्यस्तै प्रदेश ख को प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गर्दै जिल्लामा सिफारिस गरेको थियो ।

प्रदेश समानुपातिक तर्फ खिमबहादुर पुर्जा, देवीकुमारी बुढा, यामबहादुर हर्मेल, तमबहादुर थापा, तेजिन्द्र थापा, कमरा पेटल र अपाङ्गताबाट सुरेन्द्र खत्रीलाई सिफारिस गरिएको छ । आकांक्षी उम्मेदवारको जिल्ला हुदै प्रदेश समितिमा पठाईने छ ।