स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा दोस्रो स्थानमा

विकल्प न्यूज/बेनी
भदौं २२ गते ।


स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशमा उत्कृष्ट स्वास्थ्य कार्यालयहरु मध्ये दोस्रो स्थानमा घोषित भएको छ । आर्थिक बर्ष २०७८/२०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न जनस्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाहरु मध्ये स्वास्थ्य कार्यालय म्याग्दीले दोस्रो स्थान हासिल गरेको हो ।

जनस्वास्थ्य सेवाका सुचकहरु साथसाथै जिल्लामा भएका स्वास्थ्य गतिविधिहरु, कोभिड–१९ खोप अभियान, टाईफाईड खोप अभियान, कोभिड–१९ माहामारी व्यबस्थापन जस्ता अन्य महत्वपुर्ण कार्यहरुले गर्दा कार्यलयलाई उक्त सफलता मिलेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

स्वास्थ्य निर्देशनालय पोखराको उक्त नजिजा संगै कार्यालयलाई आगामी दिनहरुमा कार्यसम्पादनमा थप उत्पेरणा, हौसला प्राप्त हुनुका साथै थप जिम्मेवार र उत्तरदायित्व बोध भएको उहाँले बताउनुभयो ।

कार्यालयलाई सफलता प्रदान गर्नमा आफ्नो–आफ्नो स्थानबाट सहयोग गर्नुहुने महिला स्वास्थ्य स्वयम् सेविका, सम्पुर्ण स्वास्थ्यकर्मी, स्थानिय तहहरु, अन्य सहयोगी तथा साझेदारी संघ संस्था पत्रकार तथा संचारकर्मीहरु र जिल्ला स्थित विभिन्न कार्यालय र कर्मचारी लगायत सम्पूर्ण सरोकारवालाहरुलाई स्वास्थ्य कार्यालय म्याग्दीले धन्यबाद ज्ञापन गरेको छ ।