ताजा समाचार:
Search

Breaking News

एमालेबाट रत्नेचौरको वडा अध्यक्षको उम्मेदवारमा टेकबहादुर थापा

विकल्प न्यूज/बेनी चैत १९ गते । नेकपा एमालेले बेनी नगरपालिका १ रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएको थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो । थापा बेनपा १ रत्नेचौर उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको रुपमा कार्यरत थापा […]

शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान

विकल्प न्यूज/बेनी चैत १९ गते । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका साथ २१ जिल्लामा ‘युद्ध […]

बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

मुस्ताङ ।   जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका टाइमकार्ड हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दसैँसम्मका लागि सडकमा […]

ताकममा एमाले र काँग्रेससँग भिड्न अशोक खत्री चुनावी मैदानमा ओर्लिए

विकल्प न्यूज\बेनी चैत १७ गते । धवलागिरी गाउँपालिका ७ ताकममा नेकपा माओवादी केन्द्रले वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । माओवादीका तर्फबाट अशोक खत्री चुनावी मैदानमा ओर्लिएका छन् भने नेकपा एमाले र काँग्रेसले भने उम्मेदवार टुंगो लगाएको छैन । अघिल्लो निर्वाचनमा यहाँ नेकपा एमालेले वडा अध्यक्ष जितेको थियो । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा वडा […]

मुस्ताङमा पर्यटकको चाप बढ्यो

 विकल्प न्यूज\मुस्ताङ चैत १७ गते । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका […]

किन आयो सेवाग्राहीलाई उपदेश दिने खालको अस्पतालको विज्ञप्ती ?

विकल्प न्यूज/बेनी चैत १६ गते । म्याग्दीको एकमात्र सरकारी अस्पताल बेनी अस्पतालले सेवाग्राहीलाई पाठ सिकाउन थालेको छ । मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलको संयुक्त हस्ताक्षरमा बिज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरुमाथि असभ्य, दुव्र्यवहार नर्गन सेवाग्राहीहरुलाई सूचित गरेको छ । अस्पतालका वारेमा सेवाग्राहीले गुनासो राख्ने विषयलाई अस्पताल प्रशासनले अस्वभाविक रुपमा […]

माओवादी म्याग्दीले टुंगो लगायो ११ वडामा उम्मेदवार

विकल्प न्यूज\बेनी चैत १६ गते । आगमी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले जिल्लाका ४५ वडा मध्य ११ वडामा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । निर्वाचन लक्षित कार्यक्रम लिएर वडा तहमा पुगेको माओवादीले सहमतिमा वडाध्यक्षको उम्मेदवार टुंगो लगाएको जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो । ११ वडामा टुंगो लगाएको भएता पनि […]

चुनावी अभियान लिएर काँग्रेस गाउँगाउँमा

विकल्प न्यूज/बेनी चैत १५ गते । नेपाली काँग्रेस म्याग्दीले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम गाउँगाउँमा लगेको छ । ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान लिएर गाउँ पसेका जिल्लास्तरका नेताहरुले निर्वाचन लक्षित कार्यकता भेटघाट,छलफल,वैठक तथा प्रशिक्षण सञ्चालन गरेका छन् । अभियान लिएर नेताहरु गाउँ पुगेपछि कार्यकर्ताहरु उत्साहित बनेका छन् । निर्वाचनमा उम्मेदवारको […]

बेनीको मेयरको दाबेदारमा एमालेका टप ५ नेताहरु

विकल्प न्यूज\बेनी चैत १४ गते । आसन्न वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनमा राजनीतिक दलभित्र उम्मेदवारको चर्चा परिचर्चा हुनथालेको छ । उम्मेदवारको टिकट हात पार्न आकांक्षीहरुले प्रदेश र केन्द्रका नेताहरु सँग आ–आफ्नो लबिङ थालेका छन् । नेकपा एमालेबाट ५ जना नेताहरु मेयरका लागि आकांक्षी देखिएका छन् । अघिल्लो निर्वाचनमा झिनो मतान्तरका बीच पराजित बनेको एमाले […]

युवा संघ नेपाल जलजलाको अध्यक्षमा दिलीपकुमार बरुवाल निर्वाचित

विकल्प न्यूज/जलजला चैत १३ गते ।   राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार बरुवाल निर्वाचित हुनुभएको छ । आइतबार पर्वत बेनीमा भएको युवा संघको प्रथम अधिवेशनले बरुवालको नेतृत्वमा ५१ सदस्यीय जलजला गाउँपालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा कृष्ण पौडेल,सचिव विक्रम सुवेदी,सहसचिव मिजास फकामी, कृष्ण पौडेल र कोषाध्यक्षमा डेगबहादुर जिसी […]

अखिल नेपाल महिला संघको अध्यक्षमा यशोदा रोका निर्वाचित

विकल्प न्युज/ बेनी चैत १२ गते । नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा यसोदा रोका निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अनेमसंघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो । रोका मंगला गाउँपालिका ३ सातबिसे निबासी हुनुहुन्छ । अनेमसंघको बिद्यान अनुसार ४५ […]

अबको संघर्ष सामाजिक रुपान्तरणका लागि हो ः पूर्वमन्त्री थापा

विकल्प न्यूज/बेनी चैत ११ गते । नेपाल कम्युनिष्ट पार्टि एमाले स्थायी कमिटि सदस्य एवं पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अवको राजनैतिक संघर्ष समाज रुपान्तरणका लागि हुनुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनको शुक्रबार बेनीमा उद्घाटन गर्नुहुँदै संघको राष्ट्रिय सम्मेलन समितिका संयोजक समेत रहुनभएका थापाले राजनीतिले समाज […]

म्याग्दीमा २० दलले स्थानीय निर्वाचनमा भाग लिने

विकल्प न्यूज\बेनी चैत १० गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा २० राजनीतिक दलले निर्वाचनमा भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दल र मान्यता प्राप्त नभएका साना १४ दल गरी २० दलले निर्वाचनमा भाग लिने भएका हुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार छ ठूला दलबाहेक १४ वटा […]

बेनीको मेयरमा काँग्रेसबाट आधा दर्जन आकांक्षी

विकल्प न्यूज\बेनी चैत ९ गते । आगमी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लाका राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन् । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै जिल्लामा चुनावी माहोल थप तातिएको छ । निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । […]

तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत एकै गाउँका

म्याग्दी, ९ चैत ।  उच्च शिक्षाका लागि विदेश जाने तथा बैदेशिक रोजगारप्रतिको आकर्षणले निजामति सेवामा म्याग्देलीहरुको पहुँच बढ्न सकेको छैन् । तर पछिल्लो समय स्वदेशमै अध्ययन गरि निजामति सेवाबाट सरकारी जागिरतर्फ प्रवेश गर्नेहरुको आकर्षण बढ्दै गएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा तीन स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत म्याग्देली नै बनेका छन् । […]