महिला भलिबल ः एपीएफ र पुलिस फाइनलमा भिड्ने

ठाकुरप्रसाद आचार्य/बेनी
कार्तिक १ गते ।

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । बुधवार दुई विभागीय समुहकाबीच फाइनल हुने भएको छ ।

पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको थियो । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकाल्यो । पहिलो सेटमा २५–२३ मा खलेको बागमती त्यसपछिका तिन सेट लगातार पराजित भयो । एपीएफले बागमती माथि २५–२३,२५–२२,२५ –१६ मा खेल खेलेको थियो ।

सेमिफाइनलको दोस्रो खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकाल्यो भयो । पुलिसले गण्डकी माथि २५–१०,२५–१८ र २५ –११ को खेल खलेको थियो । बुधवार दुई विभागीय समुकाबीच फाइनल हुनेछ ।