महिला भलिबल ः बागमतीलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी
कार्तिक १ गते ।

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकालेको थियो ।

पहिलो सेटमा २५–२३ मा खलेको बागमती त्यसपछिका तिन सेट लगातार पराजित भयो । एपीएफले बागमती माथि २५–२३,२५–२२,२५ –१६ मा खेल खेलेको थियो । निकै प्रतिस्पर्धा देखिएको खेलमा बागमतीका खेलाडीहरुले आफ्नो पक्षमा जित निकाल्न कोशिस गरेका थिए । आज तिन बजे दोस्रो सेमिफाइनल पुलिस क्लब र गण्डकी प्रदेशकाबीच हुने छ ।