Breaking News
निलगिरी खोला जलविद्युत आयोजनाको टनेलमा पानी हालेर परिक्षण सुरु

विकल्प न्यूज/बेनी माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवर्द्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने जानकारी दिए । […]
सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै एमाले म्याग्दीको अधिवेशन सम्पन्न (सदस्यहरुको नामावली सहित )

विकल्प न्यूज\बेनी माघ १४ गते । नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । माघ १२ गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो । नबनिर्वाचित […]
एमाले म्याग्दीमा सहमतिबाट नेतृत्व चयन

विकल्प न्युज/ बेनी माघ १4 गते । बेनीमा जारी नेकपा एमाले म्याग्दीको दशौं अधिवेशनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । यसै गरि उपाध्यक्षमा प्रमाेद श्रेष्ठ, सचिव थमसरा पुन सर्वसम्मत चयन हुनुभयो छ । उपसचिवमा सत प्रसाद राेका( मंगला) खड्क गिरि( अन्नपूर्ण) चयन हुनुभयो छ । जिल्ला कमिटी सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएको […]
एमाले म्याग्दीको अधिवेशन ः अध्यक्षमा सुवेदी निर्विरोध चयन अन्य पदाधिकारीमा सहमतिको प्रयास

विकल्प न्यूज/बेनी माघ १४ गते । बेनीमा जारी नेकपा एमाले म्याग्दीको दशौं अधिवेशनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । आइतबार एक बजेसम्म उम्मेदवारी दर्ताको समय दिएकोमा अध्यक्ष पदका लागि सुवेदी बाहेक अन्य कसैको पनि उम्मेदवारी दर्ता भएन । अध्यक्ष पदमा एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध चयन हुनुभएको हो । ADV यसैगरी उपाध्यक्ष,सचिव र […]
प्रथम म्याग्दी भलिबल कपको उपाधि प्रकाश र शिख माविले जित्यो

विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको बेनीको खुल्ला मञ्चमा भएको प्रथम भलिबल कप २०८० को उपाधि प्रकाश मावि, शिख मावि र डनिङ स्कुलले हात पारेका छन् । शनिबार भएको फाईनल खेलमा छात्र तर्फको खेलमा बेनी नगरपालिका, ७ बेनी स्थित प्रकाश माविले मालिका गाउँपालिका, ७ स्थित किसानी मावि विमलाई २८–२६, २५–२१, २५–२१ र २५–१८ को […]
गठबन्धन सरकार पूर्ण रुपमा असफल भयो ः महासचिव पोखरेल

विकल्प न्यूज/बेनी माघ १३ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । शनिबार विहान प्रेसचौतारी नेपाल जिल्ला शाखा म्याग्दीद्धारा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले मुलुकमा देखा परेका समस्या समाधान गर्न,विकास निर्माणलाई अगाडी बढाउन र सुशासन कायम गर्न वर्तमान गठबन्धन सरकार पूर्ण रुपमा असफल सावित भएको दावी गर्नुभयो […]
बेनीको न्यूरोड घटनामा संलग्न भएका चारजना पक्राउ

विकल्प न्यूज/बेनी माघ १२ गते । म्याग्दीको सदरमुकाम बेनीबजारको न्युरोड स्थित भित्री गल्लीमा बिहिबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गरेर युवाको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीका वर्ष २१ का अमृत पुर्जा,रघुगंगा गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भई हाल बेनी नगरपालिका ९ गलेश्वर […]
म्याग्दीका छन्त्याल समुदायमा ‘पुर्पुरो’ संस्कृति अझै कायम

बेनी, माघ १२ गते । उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्नुहुन्छ । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ । पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आउनुभएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गर्नुभयो । लामो समयदेखि पोखरामा […]
बेनीबजारको न्युरोडमा समसाँझैमा खुकुरी प्रहार हुँदा एक युवाको मृत्य

विकल्प न्यूज\बेनी माघ ११ गते । म्याग्दीको बेनी बजारको न्यूरोड स्थित भित्री गल्ललीमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । बिहिबार साँँझ करिब साढे ५ बजेयुवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय सुशिल गर्वुजाको मृत्यु भएको हो । घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका […]
शुक्रबार देखि एमाले म्याग्दीको दशौं अधिबेशन ः महासचिव पोखरेलद्धारा उद्घाटन हुने

विकल्प न्यूज/बेनी माघ ११ गते । अधिवेशनले जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले अधिवेशनमा सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभएको छ । जिल्ला समन्वयको सभाहलमा अधिवेशनको उद्घाटन र बन्द सत्र हुने नेकपा एमालेले जनाएको छ । अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग […]
जलजलाको बासखर्कबाट ११ करोडका सुन्तला बिक्री

पर्वत, माघ ११ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ । अन्यत्र सुन्तलाको सिजन सकिने बेला भइसक्दा यहाँका सुन्तला भने बल्ल बजार पठाउन थालिएको हो । यस वर्ष सुन्तला खरिद गर्न काठमाडौँको कालीमाटी, मुग्लिन, धादिङ तथा नारायणगढका […]
हिमपातपछि खोप्रालेकको सुन्दर दृश्य

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएको छ । बुधबार साँझ परेको हिमपातले तीन हजार ६ सय साठी मिटरको उचाईमा रहेको खोप्रा डाँडा सेताम्मे भएको छ । हिमपातका कारण यहाँबाट देखिने धौलागिरी,निलगिरी,अन्नपूर्ण,गुर्जा लगायतका हिमालहरु सुन्दर देखिएका छन् । बुधबार यो वर्षको पहिलोपटक हिमपात भएको खोप्रा सामुदायिक लजका […]
दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना अलपत्र,लगानीकर्ता चिन्तित

बेनी, माघ ११ गते । म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको […]
गोठमै मितेरी साइनो लगाउँदा…

म्याग्दी (बेनी), माघ १० गते । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आउनुभएका तुलाचनसँग मीत लगाउनुभएको हो । कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आउनुभएका घले […]
बेनी नगरका ग्रामिण क्षेत्रमा किन धमाधम खाली हुँदैछन् सामुदायिक विद्यालय ?

ठाकुरप्रसाद आचार्य/बेनी माघ ९ गते । बेनी नगरका ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालयहरु धमाधम खाली हुँदैछन् । स्थानीय राजनीतिक दलहरुको शिक्षा सम्बन्धि नीति प्रष्ट नहुनु, राजनीतिक दलका नेता,जनप्रतिनिधि र शिक्षकको निजी विद्यालयमा लगानी बढ्दै जानु सामुदायिक विद्यालय खाली हुँदै जाने प्रमुख कारण बनेको हो । समाजमा रहेका प्रतिष्ठित व्यक्तिहरु नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा क्रियाशिल […]