एमाले म्याग्दीमा सहमतिबाट नेतृत्व चयन

विकल्प न्युज/ बेनी
माघ १4 गते ।


बेनीमा जारी नेकपा एमाले म्याग्दीको दशौं अधिवेशनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ ।

यसै गरि उपाध्यक्षमा प्रमाेद श्रेष्ठ, सचिव थमसरा पुन सर्वसम्मत चयन हुनुभयो छ । उपसचिवमा सत प्रसाद राेका( मंगला) खड्क गिरि( अन्नपूर्ण) चयन हुनुभयो छ ।

जिल्ला कमिटी सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएको एमाले म्याग्दीले जनाएको छ ।
नयाँ नेतृत्व चयन गर्दै दशौं जिल्ला अधिवेशन आज सम्पन्न हुदै छ । निर्वाचित पदाधिकारी र सदस्यहरूकाे निर्वाचन कमिटीले केहिबेरमा घाेषणा गर्दै छ ।