बेनीको न्यूरोड घटनामा संलग्न भएका चारजना पक्राउ

विकल्प न्यूज/बेनी
माघ १२ गते ।

म्याग्दीको सदरमुकाम बेनीबजारको न्युरोड स्थित भित्री गल्लीमा बिहिबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गरेर युवाको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीका वर्ष २१ का अमृत पुर्जा,रघुगंगा गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भई हाल बेनी नगरपालिका ९ गलेश्वर बस्ने वर्ष १९ का उत्सव पुन, धवलागिरी गाउँपालिका ४ हाल बेनी न्यूरोडमा बस्ने वर्ष २१ को शंकर घर्तीमगर र मंगला गाउँपालिका वडा नम्बर २ घर भई हाल बेनी नगरपालिका ७ वस्ने वर्ष २३ को प्रविन जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले शुक्रबार प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई ज्यान सम्बन्धि कसुर मुद्दामा जिल्ला अदातल म्याग्दीबाट पाँचदिनको म्याद थप गरी आवश्यक अनुशन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्र.नि कुमार गुरुङले जानकारी दिनुभयो । पक्राउ परेकाहरुबाट चक्कु एकथान र खुकुरी(दाबे) एकथान समेत बरामद भएको प्रहरीले जनाएको छ ।

युवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २१ बर्षीय सुशिल गर्वुजाको मृत्यु भएको थियो । खुकुरी प्रहारबाट गम्भिर घाइते भएका गर्बुजाको उपचारका लागि बेनी अस्पतालमा पु¥याएको एकैछिनमा चिकित्सकले मृत घोषणा गरेका थिए ।