ताजा समाचार:
Search

बेनीबजारको न्युरोडमा समसाँझैमा खुकुरी प्रहार हुँदा एक युवाको मृत्य

विकल्प न्यूज\बेनी
माघ ११ गते ।

म्याग्दीको बेनी बजारको न्यूरोड स्थित भित्री गल्ललीमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । बिहिबार साँँझ करिब साढे ५ बजेयुवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय सुशिल गर्वुजाको मृत्यु भएको हो ।

घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका अनुराग शाहीको समेत हातमा चोट लागेको छ । सदरमुकाम बेनीमा जारी प्रथम म्याग्दी कप भलिबलको खेल हेरेर फर्किएको टोलीको कामना डेभलपमेन्ट बैंक नजिकै रहेको भित्री गल्लीमा जमकाभेट भएको थियो ।

युवाहरुबीच झगडामा एक्कासी खुकुरीले छातीमा प्रहार भएपछि शुशिल गर्बुजा गम्भीर घाईते भएका थिए । मृतक यूवा सहितको टोली सवार मोटरसाइकललाई अर्को टोलीले घेरेर प्रहार गरेको बताइएको छ । घटनामा संलग्न कसैलाई पनि पहिचान गर्न नसकेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

बेनी अस्प्तालको दृश्य

‘मृतकको पहिचान खुलेको छ, उक्त घटनाका प्रत्यक्षदर्शीहरुबाटै अनुसन्धान सुरु गरेका छौ’ प्रनाउ कुँवरले भन्नुभयो । प्रहरीले घटनामा संंलग्नहरूको खोजीकार्यलाई तिब्रता दिएको छ ।

बेनीबजारबाट ग्रामिण क्षेत्रमा जाने सडक र बाहिरी जिल्ला जाने नाकामा समेत ब्यापक चेकजाँच भइरहेको छ । संलग्नहरु २०–३० वर्ष उमेर समूहका रहेका अनुमान गरिएको छ । झगडामा संलग्न दुवै समुह बिच पूरानो रिसिबी भएको वा अन्य कारण बारेमा विस्तृत खुलिसकेको छैन ।