Breaking News
राम मन्दिरलाई नदी कटानबाट जोगाउन पक्की तटबन्ध निर्माण

ठाकुरप्रसाद आचार्य म्याग्दी(बेनी) फागुन ४ गते । कालिगण्डकी र रघुगंगा नदी कटानको उच्च जोखिममा परेको धार्मिक स्थल राम मन्दिरको संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको छ । गलेश्वर क्षेत्रमा पर्ने पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ स्थित राम मन्दिर संरक्षण योजना अन्तर्गत कालिगण्डकी नदी किनारमा एकसय ३८ मिटर दूरीको कम्पोजिट पर्खाल निर्माण गरिएको हो । […]
जनयुद्धका कमाण्डर आकाश माओवादी केन्द्रमा फर्किए

विकल्प न्यूज/बेनी फागुन ३ गते । तत्कालिन नेकपा माओवादीले संचालन गरेको दश वर्षे जनयुद्धका कमाण्डर लालु किसान(आकाश) पुन नेकपा (माओवादी केन्द्र) मा फर्किनुभएको छ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले काठमाण्डौंमा किसानलाई पार्टीमा स्वागत गर्नुभएको छ । पार्टीका म्याग्दी संयोजक एवम् गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली […]
बेनीको प्रकाश माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम (फोटो फिचर)

विकल्प न्यूज/बेनी फागुन २ गते । आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी । आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्तपञ्चमी’ पनि भनिन्छ । आजकै दिनबाट बालबालिकाहरुलाई अक्षरारम्भ गराउने प्रचलन पनि छ । बेनीको प्रकाश माविले सरस्वती पूजाको अवसर […]
गण्डकी मन्त्रिपरिषद् वैठक पञ्चकोटको महायज्ञस्थलमा सम्पन्न

विकल्प न्यूज/बागलुङ बागलुङ,माघ २९ गते । बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठक सम्पन्न भएको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो । पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा गण्डकी सरकारको मन्त्रिपरिषद् वैठक बसेको […]
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे अध्यक्षमा रमेश गिरी चयन

विकल्प न्युज / बेनी माघ २८ गते । आईतवार सम्पन्न बेनी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था बेनीकाे २४ ओै वार्षिक साधारण सभा तथा ११ ओै अधिवेशनबाट अध्यक्ष पदमा रमेश गिरी सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ, सचिवमा केशव प्रसाद रेग्मी, काेषाध्यक्षमा टंक बहादुर हमाल र सदस्य पदमा क्रमश: सिर्जना श्रेष्ठ , […]
बेनी खानेपानीको अधिवेशन ः दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ ः सांसद गर्बुजा

विकल्प न्यूज/बेनी माघ २८ गते । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘म्याग्दीका दुई बृहत चिमखोला–भगवती–पिप्ले खानेपानी र घोप्टेखोला खानेपानी आयोजनाको […]
बादीकाको भिरमा सडक ढलान भएपछि धारापानीवासीले मनाए खुसियाली

विकल्प न्यूज\बेनी माघ २८ गते । धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् । शनिबार गाउँलेहरुले खुसियालीमा नौमति बाजा सहित नाचगान गरेका छन् । […]
नेकपा एमाले म्याग्दीले ‘म बनाउँछु मेरो पार्टी’ अभियान संचालन गर्ने

विकल्प न्यूज\बेनी माघ २७ गते । नेकपा एमाले म्याग्दीको पहिलो पूर्ण वैठक शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न भएको छ । वैठकले ‘म बनाउँछु मेरो पार्टी’ योजनालाई अभियानको रुपमा संचालन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वैठकले गरेका निर्णयहरुको वारेमा जानकारी गराउनुहुँदै नेकपा एमालेको संगठनलाई बजवुट […]
अहिलेको खिचडी सरकारले जनताको समस्या समाधान गर्न सक्दैन ः नेता झलनाथ खनाल

विकल्प न्यूज/बेनी माघ २६ गते । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान खिचडी सरकारले मुलुक र जनताको समस्या समाधान गर्न नसकेको बताउनुभएको छ । मातृशोकमा रहनुभएका नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष एवम् युवा संघ नेपालका केन्द्रिय संयोजक कृष्ण कुमार विश्वकर्माको परिवारलाई समवेदना प्रकट गर्न शुक्रबार बेनी आउनुभएका सत्तारुढ […]
बेनी बोर्डिङ कपको उपाधि आयोजक विद्यालयले जित्यो

विकल्प न्यूज/बेनी माघ २६ गते । सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमी दरबाङलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २ का विरुद्ध ४ गोल गदैं उपाधि हात पारेको हो । सेमिफाइनलमा बेनी बोर्डिङले दरबाङ […]
दरबाङ–धारापानी सडक स्तरोन्नति योजना सम्पन्न

ठाकुरप्रसाद आचार्य माघ २६ गते । म्याग्दीको परिश्चम दरवाङ देखि धारापानी सम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिका केन्द्र देखि धवलागिरी गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत करिब ७ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । सडक स्तरोन्नति भएसँगै धवलागिरी गाउँपालिकावासीहरुले साघुरो,उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । बेनी –दरबाङ–धारापानी–मुना […]
जलजला स्थित कालिगण्डकी शिला रौतहट पुग्याे

माघ २६ गते । शालिग्रामका लागि प्रसिद्ध मानिने कालीगण्डकी नदी किनारको शिला रौतहटको गढीमाई नगरपालिकामा शुक्रबार ल्याइएको छ । पर्वतको बेनीस्थित जुगेधारा भई बग्ने कालीगण्डकी नदी किनारमा रहेको करिब दश टन तौल भएको उक्त शिला भगवान् शिवको मूर्ति बनाउन रौतहट ल्याइएको हो । पर्वतबाट बुधबार पठाइएको शिला रौतहटको गढीमाई नपा–४ मा सुरक्षित राखिएको छ । पालिकाको […]
नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी, माघ २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा […]
बेनी नगरको रावण पार्क निर्माण योजना एक वर्षदेखि अलपत्र

घनश्याम खड्का/बेनी माघ २५ गते । बेनी नगरपालिका–५ पुलाह आश्रममा निर्माणाधीन रावण पार्क एक वर्षदेखि अलपत्र परेको छ । नगरपालिकाले समयमा प्रगति विवरण नबुझाउँदा बजेट निकासा नभएर पार्क निर्माण प्रभावित भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अर्न्तगत ६ मिटर अग्लो रावण मुर्तिसहित पार्क निर्माण […]
पालिकासँग समन्वय नगरी संघ र प्रदेश सरकारले योजना पठाउदा समस्या

विकल्प न्यूज/बेनी माघ २५ गते । म्याग्दीको रघुगंगा जलाधार क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका जलविद्युत,पर्यटन र कृषिमा राम्रो संभावनायुक्त पालिका हो । यहाँका केही वडाहरु भौगोलिक रुपमा विकट छन् । नयाँ संविधान जारी भएसँगै निर्वाचनको माध्यमबाट जनप्रतिनिधि निर्वाचित भएपछि पालिका भित्र सडक,स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन र जलविद्युतका क्षेत्रमा महात्वपूर्ण कामहरु भएका छन् । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी सँग गाउँपालिकाले […]